स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै शिक्षण सिकाइ प्रकृया अगाडी बढाउनु पर्छ : शिक्षा संयोजक राजकुमार साह
- असोज २९, २०७७
- ३१९ पटक पढिएको
- Pradesh times
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (Covid-19) का कारण देशभर लकडाउन भएको कारण जनजीवन प्रभाबित वनेका छन। लकडाउनका कारण बिद्यार्थीहरुलाई पठन पाठनमा असर नपर्न को लागी के कस्तो योजना बनाइ पठन पाठन भइरहेको छ साथै अरु समसमायिक बिषयमा कुरा गर्न सोनमा गाउपालिका का शिक्षा संयोजक राजकुमार साह संग प्रदेश टाइम्स का पत्रकार धर्मेन्द्र कुमार यादवले गरेका कुराकानीका केही सम्पादित अंश।
प्रश्न - अहिलेको परिवेशमा सोनमा गा. पा. को शिक्षा कसरी अगाडी बढीरहेको छ ?
उत्तर- कोभीड 19 को संक्रमन बाट वच्नु र शिक्षालाइ पनि निरन्तरता दिनु कम चुनौतीपूर्ण काम होइन, परन्तु यस कठीन कार्यबाट उम्कन सक्ने अबस्था पनि छैन। कोभिड 19 को मारमा सब भन्दा बढी बिद्यार्थीहरु पिल्सिएको छ। शिक्षा उत्तम बस्तु हो तर शिक्षाको महत्व तब रहन्छ जब शिक्षा भोग्ने जीवन रहन्छ। यही संवेदनशीलता लाई बुझेर नेपाल सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरन निर्देशिका २०७७ अनुसार बैकल्पिक बिधिहरुको माध्यम बाट शिक्षा अगाडी बढी रहेको छ।
प्रश्न- कस्ता कस्ता बैकल्पिक बिधिहरु बाट पठन पाठन हुन्छ अब ?
उत्तर- हाम्रो शिक्षा समितिको निर्णय अनुसार कक्षा १ देखी कक्षा ८ सम्मका बिद्यार्थीहरुलाइ टोलटोलमा अस्थाइ सिकाइ केन्द्र स्थापना गरि सानो समूहबाट बिधार्थीहरुलाइ सिकाइ सहजीकरण गर्ने, कक्षा ९,१०,११ र १२ का बिधार्थीहरुलाइ अनलाइन माध्यमबाट सहजीकरण गर्ने र बालबिकासका बच्चाहरुलाइ होम स्कुलिङ मार्फत सिकाइ सहजी करन गरिनेछ।
प्रश्न:- स्वास्थ्य मापदण्ड पूरा अपनाएको देखिदैन नि ? उत्तर- स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै शिक्षण सिकाइ प्रकृया अगाडी बढाउनु पर्छ भने निर्देशन दिइएको छ। भलै सिकाइ कम होस तर स्वास्थ्य सित कुनै सम्झौता नहोस भने कुरा भएको छ।भौतिक दूरी र साबुन पानीको व्यब्स्था अनिवार्य गरिएको छ।
प्रश्न:- हरेक बिद्यार्थीले मास्क र सेनिटाइजर लगाएको देखिदैन नि सर ?
उत्तर- शिक्षक हरुलाइ मास्क, ग्लोब्स र सेनिटाइजर गा पा बाट उपल्ब्ध गराइएको छ। साबुन पानी सेनिटाइजर हुनै पर्छ जस्तो लाग्दैन, तथापी सबैको लागी मास्क, ग्लोब्स र सेनिटाइजर सोनमा गा पा ले छिटै उपल्बध गराउन गइरहेको छ।
प्रश्न:- पूर्ण व्यव्स्थित भएपछि कक्षा सन्चालन गर्दा पनि त हुन्थ्यो सर ?
उत्तर- पूर्ण व्यबस्थित को आधारमा गर्ने हो भने कक्षा सन्चालन गर्न अझै लामो समय कुर्नु पर्ने हुन्छ, शिक्षा उमेर संगै सङै चल्ने प्रकृया हो, हामी उमेर लाई रोक्न सक्दैनौ। जुन उमेरमा जुन शिक्षा चाहिन्छ त्यो त्यही उमेरमा चाहिन्छ। अन्यथा यसले गुणात्मक क्षति पुर्याउछ। मानौ कक्षा ३ मा जोड घटाउ, गुणन भाग सिकाउनु पर्छ। यही कुरा कक्षा ३ मा नसिकेर कक्षा ८ मा सिक्न खोज्यो भने उसलाइ केही फाइदा हुदैन किनभने कक्षा ३ पछि का जोड घटाउ गुणन भागमा अधारित अगाडीका जति पनि हिसाबहरु हुन्छ्न त्यो सबै गुमाएको हुन्छ, यो उसको जीवनको गुणात्मक घाटा हो तर यही कुरा जान्न ज्यान नै जोखिम मा पार भन्न खोजेको पटक्कै होइन। अमेरिका युरोपको जस्तो high level को सुबिधाको कुरा नगरेर कम्तिमा कोरोना संक्रमन नहोस भनेर साबुन पानी, भौतिक दूरी, समुहमा २५/३० भन्दा बढी संख्या नहोस जस्ता कुराको अवलम्बन अनिवार्य गरिएको छ।
प्रश्न: - बजार मेला लागि नै रहेको छ, मान्छेहरु भिडमा घुमि नै रहेको छ। बिद्यालयमै साबधानी साथ पठन पाठन गराउदा हुन्थ्यो नि सर ?
उत्तर- बजार मेलालाइ बिद्यालय संग र बजार मेलाका मानिसहरुलाइ विद्यार्थी संग तुलना गर्न मिल्दैन धर्मेन्द्र जी, बिद्यालयका बच्चाहरु देशका कर्णधार हुन, देशका भबिष्य हुन, बालबिकासका बालबालिका हरुलाइ त झन टोल मा पनि जम्मा नगर्न भनिएको छ किन भने ती साना उमेरका बच्चाहरुमा कोरोना संक्रमनको जोखिम बढी हुन्छ। त्यसैले उनीहरुलाइ होम स्कुलिङ को माध्यमबाट सिकाइ सहजीकरणको कुरा गरिएको छ।
प्रश्न:- सिकाइ केन्द्रहरुको भौतिक पुर्वाधार छैन यो नारा मात्र हो भने जन गुनासो छ। के सबै सामाग्री पुर्ण रुपमा छ सर? तपाईं सन्तुष्ट हुनुहुन्छ ?
उत्तर- पुर्णता एकै चोटी आउदैन, गर्दै जादा पुर्णता आउने हो। हाम्रो सन्दर्भमा यो नया अभ्यास हो, यो समय को माग हो, काम शुरु गर्दै जादा समस्याहरु आउछन तर feed back को आधारमा हामी सुधार गर्दै जान्छौ।
प्रश्न:- यस सम्बन्धमा गा पा कार्यालय कतिको संबेदनशील छ ?
उत्तर- गापा अध्यक्ष राजकुमार यादव बिद्वान हुनुहुन्छ, उहाँ बि एल गर्नु भएको छ,वहामा राजनीतिक परिपक्वता पनि छ,शिक्षा प्रति वहा संवेदनशील हुनु हुन्छ, " शिक्षामा केही नाया काम गरौ" भन्ने वाहामा सोच छ। शिक्षामा वहाको प्राथमिकतामा रहन्छ। वहाँ आफै अनुगमन मा गइ देखिएका समस्यालाइ निराकरण गर्नु हुन्छ। स्वास्थ्य सम्बन्धी कुनै चिजको अभाव नहोस भने स्वास्थ्य संयोजकलाइ निर्देशन दिनु भएको छ। हाम्रो गा पामा नया प्रशासकीय अधिकृत श्री रंजित कुमार यादव आउनु भएको छ, वहाँ इनरजेटिक हुनुहुन्छ, परेको समस्यालाइ तुरन्त समाधान गर्न प्रयास गर्नु हुन्छ। "शिक्षामा नौलो कुरा गर्नु सर त्यसको लागि हामीलाइ के के गर्नु पर्छ भन्ने भन्नुस" भन्ने कुरा गापा प्रवक्ता अशोक कुमार यादब ले मलाइ भन्नु भएको छ। साथै हाम्रा शिक्षक स्टाफहरु, अभिभावकहरु, शिक्षक महासंघ, र सन्चार माध्यम यस बैकल्पिक सिकाइ सहजीकरनलाइ सकारात्मक रुपमा लिइ अगाडी बढाइरहनु भएको छ।
प्रश्न:- एउटा कुरा नलुकाइ भनुस त सर कि बैकल्पिक माध्यमबाट भइरहेको पढाइ सु-व्यबस्थित नहुनुको मुख्य दोषी को ?
उत्तर- यसमा यस्तो छ धर्मेन्द्र जी, एक त २-३ दिन देखि मात्र यी बिधी बाट पठन पाठन भइरहेको छ, अर्को कुरा यो नया अभ्यास हो यसमा आउने कमि कमजोरीको दोषी को भन्नु भन्दा पनि "बिद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७" अनुसार केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय सरकार , प्र अ, शिक्षक, वि. व्य.स., अभिभावक, गैर सरकारी संस्था समेतको भुमिका स्पष्ट रुपमा उल्लेख भएको छ। यो एउटा अभियानको जस्तो छ, अभियानमा हरेकले आ आफ्नो ठाउबाट सहयोग गरेनन भने योजना सफल हुन सक्दैन।
प्रश्न:- शिक्षा संयोजकको हैसियतले तपाईं के गर्दै हुनुहुन्छ ?
उत्तर- म सोच्दै थिए तपाईं यस्तै प्रश्न गर्नुस, म माथि कामको चाप ज्यादै छ, शिक्षा शाखामा खरिदार, प्राबिधिक सहायक, कम्पुटर अपरेटर र शिक्षा शाखा अधिकृत आदि हुनु पर्नेमा म एक्लै शिक्षा संयोजकको रुपमा छु तर पनि म आफ्नो जिम्बेवारी बाट पन्छेको छैन। सबैको सहयोगमा सक्दो काम एक एक गरेर सफलता पुर्वक निकालिरहेको छु, बैकल्पिक बिधिको सम्बन्धमा पहिला शिक्षक स्टाफहरुको बिचमा, त्यसपछी गापा स्तरिय प्र अ बैठक, प्र अ बैठक बाट आएको निष्कर्ष शिक्षा समितीमा पेश र छलफल बाट पारित निर्णय तुरन्त कार्यान्वयन, अनुगमन, उब्जेको सम्स्या निराकरन गर्ने प्रयास, सकारात्मक तरिकाले सम्बन्धित पक्षहरु सित dealing जसले गर्दा हरेक बिद्यालयले निर्देशिका अनुसार पठन पाठन अगाडी बढाइरहेको अबस्था छ।
प्रश्न:- अन्तमा तपाइ के भन्न चाह्नु हुन्छ ?
उत्तर -अहिलेको कोरोना संक्रमन को अबस्थामा संक्रमनबाट बच्न र शिक्षालाइ निरन्तरता दिन आवश्यक पर्ने सामाग्री गा पा ले समयमा उपलब्ध गराऊन, शिक्षक स्टाफहरु अती जरुरी काम बाहेक बिदामा नबसून, शिक्षण सामाग्रीका साथ सिकाइ केन्द्रमा पुगून, वडा अध्यक्ष ज्यूहरुबाट समस्या समाधान र अनुगमन गरून, प्र अ र बि व्य स समुदायसंग छलफल गरून्, समुदायले केन्द्रको लागि ठाउँ दिने, सहयोग गर्ने, प्रोत्साहित गर्ने, अभिभावकले आफ्नो स्तरबाट पनि आफ्ना बच्चाहरुलाइ सुरक्षा सामाग्री दिने, पठन पाठनको वातावरण तयार गरिदिने,गापा स्तरिय अनुगमन र समस्याको सामाधान भएपछि यी बिधीहरु पनि सफलीभूत हुनेछ भने मलाइ पुर्ण बिश्वास छ।