प्रविधिमा रुपान्तरण आवस्यक ः प्रदेश प्रमुख अधिकारी

  • असोज ३०, २०७७
  • १२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश शर्मा विराटनगर, ३० असोज । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताउनुभयो । उहाँले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवस्यक रहेको बताउनुभयो । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि संवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको आज शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताउनु भएको हो । उहाँले शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गर्नुभयो । सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गर्नुभयो । पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सहि दिशामा ल्याउन आग्रह गर्नुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने बताउनुभयो । १० वर्षभित्रमा किताव र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २–४ वर्ष भित्रमा सवै विद्यालय प्रविधिमैत्री बन्ने उहाँको भनाई छ । १ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताउनुभयो । प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रत्येक स्थानीय तहका १ सयले सूचना प्रविधि सम्वन्धि तालिम लिएपछि अन्य शिक्षकलाई पनि सिकाउने छन् ।’ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिम पछि विद्यालयको पठन पाठनमा ठुलो परिवर्तन आउने बताउनुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवस्यक रहेकोमा जोड दिनुभयो । शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्य सहित तालिम शुरु गरिएको सचिव कार्कीले बताउनुभयो । सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागि छन् । दोश्रो चरणको तालिम आजदेखि शुरु भएको छ । दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागि भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...