एसपी पन्तको ठुलो सफलता ; १९ करोडको सुन चाँदी बरामद
- कार्तिक १, २०७७
- १७४ पटक पढिएको
- प्रदेश टाइम्स
कृष्ण यादव बीरगंज १ कार्तिक। जिल्ला प्रहरी कार्यालय पर्साले २३ किलो सुन र २ केजी चाँदि बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी स्थित रहेको श्री गणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्लैटमा पुर्वी चम्पारणको भारतिय निवासी अशोक सिन्हा बस्ने गरेको कोठाबाट भारी मात्रामा लुकाई छुपाई भणडारण गरि राखेएको सुन चाँदी प्रहरीले छापामारी गरी बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पन्तले बताउनुभयो।
पर्सा प्रहरीले पक्राउ गरेको सुनको बिस्कुट १३ गोटा, सुनको बिस्कुट मझौला ४६ पिस, सुनको बिस्कुट १०० ग्रामको १० पिस, सुनको गहानाहरु ६८१ ग्राम र चाँदीको गहना, थाल भाडा कुडा २ केजी रहेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।
विगत पाँच बर्ष देखि पर्सा जिल्लामा सुन चादी तस्करहरु सक्रिय भई कारोबार गर्दै अाएपनि विगतका प्रहरी प्रमुखहरु पक्राउ गर्ने असफल रहेको थियो ।तर बर्तमान पर्सा जिल्ला प्रहरी प्रमुख पन्तले तस्करी सुन पक्राउ गर्ने सफल भएकी छिन् ।
सुन चाँदी ब्यसायी संघ पर्सा अध्यक्ष एवम सुन चादी बिशेषज्ञ निरज सराफले पक्राउ परेको सुन चादीँ सबै सक्कली रहेको बताउनु भएको छ ।
बरामद गरिएको सुन चाँदीको मूल्य अन्दाजी करिब १८ करोड बराबर रहेको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई सुनसहित चाँदी जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) गंगा पन्तले जानकारी दिनु भयो ।