समाजिक दूरीका साथ नियमित कर्मचारी बैठक तथा शुभकामना आदान प्रदान सम्पन्न

  • कार्तिक १, २०७७
  • ११६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनीराम कोरी बहादूरगंज/कपिलवस्तु बहादुरगंज,कपिलबस्तु । छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज,कपिलबस्तुले सामाजिक दुरी कायम गर्दै नियमति कर्मचारी बैठक तथा बिजया दशमी,शुभ दिपालवली तथा छट पर्व, २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम हिजो सम्पन्न गरेको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजका नेत्र विशेषज्ञ डा.रबिन्द्र सिंह ठकुरीको अध्यक्षतामा भएको सो कर्मचारी बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै डा.ठकुरीले कोभिड १९ को यस बिषम परिस्थिीमा पनि सुरक्षाका सबै सावधानीहरु अपनाएर यस अस्पतालले नियमित रुपमा सेवा प्रवाह गरिरहेकोे र कुनै पनि बिरामीहरुलाई नफर्काएको बताए । उनले .नेपालका कतिपय स्वास्थ्य प्रदायक संस्थाहरुका प्रायःजसो कर्मचारीहरु कोरोना संक्रमित हुंदा स्वास्थ्य संस्था नै सिल तथा बन्द गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै कोरोनासँगको लडाईमा अस्पालका प्राविधिक कर्मचारी,प्रशासनिक कर्मचारीका साथै अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुको संयुक्त प्रयास र कार्यकुशलताका कारण अस्पतालले नियमति सेवा प्रवाह गर्न सक्षम रहेको बताउनु भयो । यसको लागि उनले अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुलाई धन्यबाद समेत दिएका थिए अस्पतालको नियमित कर्मचारी बैठकमा विभिन्न बिभागका डिपार्टमेन्ट इन्चार्जहरुले भदौ महिनाको मासिक प्रगति प्रतिविेदन समेत पेश गरेको थियो । जस अनुसार भदौ महिनामा मात्र अस्पतालले १ हजार ६ सय ३२ बत्तीस जना आँखाका बिरामीहरुलाई ओ.पि.डि सेवा प्रदान गरेकोमा ७९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरेको ओ.पि.डि इन्चार्ज ओपेन्द्र चन्दले बताए भने ल्याब टेक्निसियन देबराज शर्माले ४ सय ७७ जनालाई ल्याब सेवा प्रदान गरिएको जानकारी गराए । त्यसैगरी भदौ महिनामा ९० जना कानका विरामीहरुले सेवा लिएको नेत्र सहायक सरताज हुसेनले सुनाए । कृष्णनगर रिफरल सेन्टरले भदौ महिनामा १४२ जनालाई ओ.पि.डि सेवा प्रदान गरेको सेन्टरका इन्चार्ज रजनिश श्रीवास्तवले बताए । सो अवसरमा भदौ र असोज महिनाको आम्दानी तथा खर्चको विवरण लेखा सहायक कमल चौधरीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...