जनता समाजबदी युवा संघ सोनमा द्वारा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन

  • कार्तिक १, २०७७
  • २०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी राष्ट्रीय जनता पार्टी र संघिय समाजबादी पार्टीको भातृसंगठन द्वारा महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा जनता समाजबदी युवा संघ गाउँ कार्यसमिती सोनमा गाउपालिका द्वारा शुभकामना अदान प्रदान कार्यक्रम बुधबार सम्पन गरेको छ। श्री राष्ट्रीय अधारभूत बिद्यालय रघुनाथपुरमा भएको शुभकामना अदान प्रदान कार्यक्रममा गाउपालिका भित्रका यूवाहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा सबै यूवाहरुले हिन्दुहरुको महान चाड दशै, दिपाबली, छठ तथा समाचकेवा पर्वको शुभकामना आदान प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी को आसन बाट बोल्दै क्षेत्र नं ४(क) का बिधायक कौशल कुमार यादवले भनु भयो कि यूवाहरुको सोच हमेसा अग्र पङतीमा हुन्छ, यूवाहरुको सहयोगलेनै देशमा संघियता आएको छ, यूवाहरु द्वारा ल्याइएका संघियता संकटमा परेको छ, अब पुन युवाहरुलाइ संघियता बचाउन एक जुट हुनु पर्छ भने कुरा बताउनु भयो। त्यस्तै कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै सोनमा गा पा अध्यक्ष राजकुमार यादवले भनु भयो की मेरो मुख्य लक्ष्य नै यूवाको बिकास र सोचमा काम गर्नु हो, युवाहरु संग संघिय सरकारले गरेको बिभेदलाइ अन्त गर्न सबै यूवा लाई तयार रह्न आग्रह गरेका थिए। संघिय सरकारले शिक्षित यूवाहरुलाइ रोजगारी दिनुको सट्टा रोजगारीको नाममा हातहातमा कोदालो थमाइको छ। कार्यक्रममा सम्पुर्ण यूवाहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए। त्यस्तै कार्यक्रमको अध्यक्षता जनता समाजबादी यूवा संघ सोनमा गाउपालिका अध्यक्ष कमलेश यादव ले गरेको थियो भने उदघोषण संकर यादबले गरेको थियो। कार्यक्रममा सोनमा गाउपालिकाका उपाध्यक्ष बिभा देबी साह, संघिय शिक्षक फोरमका जिल्ला अध्यक्ष कौशल यादव, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष लाल बाबू साह, वाडा अध्यक्ष अशोक यादव, महेश यादव, राजदेव यादव, लगायत विभिन्न वाडाका यूवाहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...