महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न.८ मडहा खाेलामा बनिरहेकाे झुलगें पुल अलपत्र -

  • कार्तिक ४, २०७७
  • १५५ पटक पढिएको
  • Pradesh Times
alt

नरेन्द्र महताे / गाैशाला महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न.८ मा पर्ने मडहा खाेलामा बनिरहेकाेकाे झुलगें पुल वर्षाै वर्ष देखि अलपत्रमा परेका छन ।साविककाे सुन्दरपुर- भेडियाहि फुलकाहा र हालकाे साेनमा गाउँपालिमा रहेका छन ।सरकारले लिएकाे निति अनुसार तराईका कुनै नदिहरुमा वर्षाकाे समयमा सर्वसधारणहरुकाे लागि कुनै किसिमका अवराेध नहाेस उदेश्यले झुलेगें पुलकाे निर्माण शुरु भएकाे थियाे।उक्त पुल बाट साेनमा गाउँपालिका लगायत भारतीय सिमा क्षेत्रका जनताहरु लभान्भित हुनेछ ।तर दुई वर्ष वढि देखि अलपत्र परेकाे कारण सर्वसधारणहरुलाई सास्ति बेहाेर्नु परेकाेमा स्थानियहरुले गुनासाे गरेका छन ।यस क्षेत्रका गाैशाला वजार मुख्य वजार भएकाे कारण बाटाे घाटाेकाे अवस्था राम्राे हाेस र सर्वसधारणहरुकाे कुनै किसिमकाे सास्ति बेहाेर्नु नपराेस तर याे बाटाे घाटाे झिर्ण अवस्था रहेका छन। स्थानिय सरकार घर घरमा भए पनि जनता लाभ लिन नसकेकाेमा पिडित बनेका छन ।यता उक्त पुल तिन साल भित्र बन्नु पर्ने तर दुई साल भन्दा वढि विति सकेकाे र एक साल भन्दा कम मात्र बाँकि रहेका छन । फाल्गुन चैत्रमा काेराेना भाईरसकाे कारण रकम अाउन नसकेकाे कारण झुलगें पुल तयार हुन नसकेकाे ठेकदार संजीव साह स्वीकार गरेकाे छन ।पुल बनाउनकाे लागि सरकार सँग ९० लाखमा सम्झाैता भएकाे जनकारि दिए ।अव दशैं पछि २० लाख रकम अाउन लागेकाेले काम सुचारु हुनेछ ।तर पहिले नदि नजदिक भएकाे र अहिले बाढकाे पानिले जग्गा काटन गरेकाे कारण लम्वाई वढि भए पनि त्यति बनाउन नसकिने साहले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...