विजयनगर गाउँपालिकाद्वारा वार्षिक गाउँविकास याेजना पुस्तिका सार्वजनिक

  • कार्तिक ४, २०७७
  • ९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु समाचारदता कपिलवस्तु ,३ कार्तिक / विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाले वार्षिक गाउँविकास पुस्तिका सार्वजनिक गरेकाे छ।साेही अवसरमा खानेपानी,सरसफाई तथा स्वच्छता याेजना तथा,प्रारम्भिक वातावरणीय अध्ययनकाे प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको छ विजयनगर गाउँपालिकाले बृहत् छलफल र निकै मेहनतका साथ बार्षिक बजेट तयार गरेकाे र साे काे कार्यान्वयन महत्वपूर्ण रहेकाे गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बताउनु भयाे ।अध्यक्ष थापाले याेजना कार्यान्वनका लागि सबै सराेकारवालाकाे रचनात्मक र सकारात्मक सहयाेगकाे अपेक्षा रहेकाे समेत बताउनुभयाे।गाउँपालिकाले तयार गरेकाे वास योजना सफलता पूर्वक कार्यान्वयन गर्न सके गाउँपालिकालाई छिटै नै पूर्ण सरसफाईमा पहिचान बनाउन सकिने अध्यक्ष थापाले बताउनुभयो । हामी स्वस्थ रहे मात्र सबै कार्यमा सफल हुने कुरामा थापाले जोड दिनुभयो । एक जनाले एउटा गाउँको जिम्मेवारी लिए पूर्ण सरसफाई गाउँपालिका गर्न सकिने बताउनुभयो । गाउँपालिकाकाले स्वास्थ्य र शिक्षाका योजनालाई प्राथमिकतामा राखी अगाडी बढिरहेको समेत साे अवसरमा बताउनुभयो । सम्पूर्ण योजनामा सबैको उत्तिकै जिम्मेवारी रहेकोले पारदर्शीसहित समयमै योजनाहरु सम्पन्न गर्न अनुरोध गर्नुभयो यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले आफ्नो कुरा राख्दै पालिकामा आएका सबै योजनाहरु उत्तिकै महत्वपूर्ण रहेकोले कतिपय योजनाहरु यस वर्ष समेट्न नसक्ने अवस्था सिर्जना भएतापनि आगामी वर्ष प्राथमिकरण अनुसार लैजाने बताउनुभयो । वार्षिक याेजना पुस्तिका,नीति-कार्यक्रम तथा याेजनाकाे एकीकृत दस्तावेज भएकाले अब तीब्रतर रुपमा यसकाे कार्यान्वयनमा लाग्नुपर्ने धारणा प्रमुख प्रशासकीय अधिकृत गाेविन्द भट्टराईले व्यक्त गर्नुभयाे। अधिकृत भट्टराईले वास योजना तथा तथ्याङ्क माथि बृहत रुपमा छलफल गरी आगामी दिनमा सो अनुसार योजना निमार्ण गरी अगाडी बढ्ने समेत बताउनुभयाे । आजै विजयनगर गाउँपालिकाको सभा हल पनि उद्घाटन भएको छ । सभा हल नहुँदा विभिन्न गोष्ठी, सभा, कार्यक्रम, भेला गर्न समस्या झेल्दै आएको थियो । कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि,कर्मचारी तथा सराेकावालाकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...