जानकी समाज सेवा नेपाल द्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

  • कार्तिक ७, २०७७
  • ४०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मुकेश यादव/ सबैला नगरपालिका १०,खरियनी बस्ने राजेश कापरका छोरा ३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि जय मा जानकी समाज सेवा नेपालले सहयोग गरेको छ । रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा रहेका युवाले बालकको उपचारको लागि ४१,५०० रुपैयाँ संकलन गरेको हो । हाल साउदी,कतारमा रहेका स्थानीयबाट संकलन गरि पीडित परिवारलाई बुधबार हस्तान्तरण गरिएको जय मा जानकी समाज सेवा नेपाललेका केन्द्रिय अध्यक्ष ललित कुमार कामतिले बताउनुभयो । रितेश कापर आमालाई हस्तान्तरण गरिएको छ । कामतीले पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । परिवारका एकमात्र छोरा रितेश क्यानसर जस्तो घातक रोग बाट पीडित भई हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहनुभएको छ । डाक्टरको भनाई अनुसार थप उपचार गर्नु पर्ने र उपचार्थ खर्च धेरै लाग्ने भएकोले घरको आर्थिक अवस्था कमजोर भै समस्या परेकाले रितेशको जीवन रक्षाको लागि सहयोग गरिएको जय मा जानकी समाज सेवा नेपाल शाखा अध्यक्ष राम सागर मण्डलले बताउनुभयो । रितेशको उपचारका लागि जनप्रतिनिधि राजनीतिक दल र समाजका सम्पुर्ण कार्यक्रममा प्रमुख अथितिको आसनबाट पत्रकार मुकेश यादवले बताए । कार्यक्रममा जय मा जानकी समाज सेवा नेपाल शाखा सचीव रमेश महरा,सदस्य अनुरुध यादव,घुमन यादव,उनेश्वर राय,राम धनी राय,विजय कापर,मलेसिया अध्यक्ष अजय,कुमार यादव,दुबई अध्यक्ष कामेश्वर यादव,साउदी अध्यक्ष शिव चन्द्र कामती,भारत अध्यक्ष राम उदगार यादव,केन्द्रिय उपाध्यक्ष राम नारायण मण्डल,कोषाध्यक्ष अजय दास,महासचिव ललित राय,अगाइत स्थानीयहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...