सिरहा , २७ असार । अबैध भन्सार छली सामान प्रहरी दुवार बरियारपट्टी सिमा नेपाल र भारतक सीमाबाट हुने गरेको अबैध तरिकाको कार्यबाट सशस्त्र प्रहरी बलले रकम उठाउनु कुनै नौलो कुरो नभएपनि सीमाबाट व्यापक रुपमा आर्थिक कलेक्सन भईरहेको प्रहरी स्रोतले जनाएको छन ।श्रोतले जनाए अनुसार शसस्त्र प्रहरी वल गण सिरहाको एसपि सोमवहादुर गुरुग र सिरहा जिल्लामा रहेको ६ ओटै बिओपिको प्र.नि चाडै सरुवा हुने वेला भएको कारण सिरहामा तस्करी फस्टाएका छन । सिरहाको बरियारपट्टीनाकाबाट सशस्त्र प्रहरी वल विओपि र भन्सारको सेटीगमा ब्यपारी संग मोटो रकम लिई समान भित्रीयाउन दिदा पटक पटक नेपाल प्रहरीले समान समातिएका छन् । नेपाल प्रहरीले जिल्ला भरीमा एक महीनमा भन्सार छलेको अवैध समान करोडौ समाते पनि सिरहा जिल्लाका शसस्त्र प्रहरी गणका एसपि सोमवहादुर गुरुग बिओपिलाई कुनै कर्वाई नगरेको श्रोतले दाबीगरेका छन । बरियारपट्टी गाउँपालिका ३ दुर्गा मन्दिर नजिक अवैध भन्सार छलेको समान । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले यात्रु बाहक बसलाई चेकजाच गर्दा भन्सार छलि ल्याएको खाधनको सर सम्मान , तेल, पापड,दुध गरी जम्मा अन्दाजी मुल्य रू.१४ हजार चोहत्तर रूपैया बरावरको सामान नियन्त्रण लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको हो । सिरहाका बिष्णुपुर गाँउपालिका वडा नं. १ स्थित चौहर्वा सडक खण्डमा ई.प्र.का विष्णुपुरबाट खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा अवैध समान बरामद गरेका छन । सिरहा बाट चौहर्वा तर्फ आउदै गरेको ज.१ ह. ५२२५ नम्बरको सिटी रिक्सामा नागाजि खानेतेल ६ टिन, जिरा ३० के.जि., गुलाब जामुन १ कार्टुन, नागाजि खानेतेल २ कार्टुन, सागर दुध ३० प्याकेट ५०० ग्राम गरी जम्मा अन्दाजी मुल्य रू.२९ हजार१ सय बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको । सिरहाको कमला नदी,सुपचेना,लगदी गोठ,सनहैठा,कमलपुर,औरही, गागन खोला,दरहैया,हरकट्टी,बरियारपट्टी,गरगम्मा,कचनारी,नर्गी,झाझपट्टी,ठाडी जस्ता सानो नकावाट नेपाल प्रहरीले पटक पटक करोडौ भन्सार छलेको अवैध समान समातेपनि सशस्त्र प्रहरी वल मुख दर्शक बनेको भुझिन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved