पर्सा प्रहरी द्वारा भारी मात्रामा अवैध चल्ला नष्ट

  • कार्तिक १४, २०७७
  • १९१ पटक पढिएको
  • Pradesh Times
alt

पोखरिया १४ कात्तिक जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा अवैध कुखुराको चल्ला बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ बाट मोटरसाइकलमा लोड गरेर भारत तर्फ लागिरहेको अवस्थामा भारी मात्रामा अवैध कुखुराको चल्ला बरामद गरेको हो । मोटरसाइकल र चल्ला बरामद गरिएपनि मोटरसाइकल चलाउने तस्करहरु भने फरार भएका छन् ।

प्रहरीलाई देख्न साथ् तस्करहरु मोटरसाइकल छोडेर फरार भएका थिए । प्रहरीले तस्करहरुले चलाईरहेको विआर ०५ एस ३३८९, विआर ०५ एस ४१५८ र विआर ०५ एस ११४३ नम्बरको ३ वटा भारतीय मोटरसाइकल भने जफत गरेको छ । त्यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बाट ना.३ च ३२४८ को पिकअप भ्यान र ग १ क २५९० को मिनी ट्रकबाट पनि अवैध चल्ला बरामद गरेको छ ।

मिनी ट्रक, पिकअप भ्यान र ३ वटै मोटरसाइकलबाट प्रहरीले ३२ हजार ६ सय ३२ गोटा चल्ला बरामद गरिएको जनाएको छ । प्रहरीले मिनी ट्रक चालक धादिङ जिल्ला सितालेख गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय कृष्ण बहादुर नेपाली, सह-चालक २९ वर्षीय राम कृष्ण नेपाली र पिकअप चालक चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ६ बस्ने सुवर्ण कुम्हाललाई भने पक्राउ गरेको छ मोटरसाइकलबाट चल्ला बरामद गरेपछि खोज तलास गर्दै जाँदा मिनी ट्रक र पीकअप भ्यानपनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

सोधपुछको क्रममा सबै चल्ला तस्करहरुले चितवनबाट ल्याएर भारत तर्फ लैजान खोजिरहेको पाइएको छ । जफत गरिएका चल्ला, मोटरसाइकल, पिकअप भ्यान र मिनी ट्रक र पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला पशु क्वारेन्टाईन सिर्सिया पर्सामा पठाईएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...