सोनाली बेन्द्रे बच्ने सम्भावना ३० प्रतिशत मात्रै थियो, क्यान्सर चौथो स्टेजमा पुगिसकेको बारे अनभिज्ञ

  • फागुन २७, २०७५
  • २३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

गत वर्ष जुलाईमा सोनाली बेन्द्रले आफूलाई क्यान्सर लागेको खबर सार्वजनिक गरेर सबैलाई झट्का दिएकी थिइन् । सोनाली बेन्द्रे त्यसपछि आफ्नो उपचारका लागि न्यूयोर्क गइन् र उनले सोसल मिडियामा एउटा पनि नकारात्मक कुरा राखिनन् । उनी क्यान्सरसँग आफ्नो र आफ्नो परिवारको लडाइँबारे सोसल मिडियामा लगातार अपडेट गरिरहिन् ।

सोनालीले यो लडाईं निकै बहादुरीका साथ लडिन् र आफ्नो उपचारका बीच भारत फिर्ता भइन् र उनी अन्य क्यान्सर पीडितका लागि पनि प्रेरणादायी काम गरिरहेका छन् ।

हालै एक अन्तरवार्ताको क्रममा सोनालीले मेटास्टेटिक क्यान्सर चौथो चरणमा पुगिसकेपछि मात्र यसबारे थाहा भएको बताइन् । उनलाई अमेरिका जानुअघि क्यान्सरबारे केही थाहा नभएको पनि उनले बताइन् । न्यूयोर्कमा उपचार गर्ने सोच उनका श्रीमान् गोल्डी बहलको भएको पनि उनले बताइन् । उनका अनुसार उनलाई न्यूयोर्कका डाक्टरले उनी बाँच्ने ३० प्रतिशत मात्रै सम्भावना भएको बताएका थिए । 

उनले भनिन्, अमेरिकामा उपचार गराउन किन जानु पर्यो भन्दै उनी श्रीमान्सँग रिसाएकी थिइन् । उनले भनिन्, ‘मेरा श्रीमानले मलाई जबर्जस्ती अमेरिका लिएर गएका थिए । म बाटोभरी उनीसँग झगडा गरिरहेकी थिएँ । मलाई के भइरहेको थियो केही पनि थाहा थिएन । ’

उपचारको क्रममा उनका श्रीमान् निकै केन्द्रीत भएको उनले बताइन् । उनका अनुसार अमेरिका पुगेर जब उनीहरुले डाक्टलाई रिपोर्ट देखाए तब सोनालीलाई चौथो स्टेजको क्यान्सर भएको र बाँच्ने सम्भावना ३० प्रतिशत मात्र भएको बताएका थिए ।

‘यो सुनेपछि म अक्क न बक्क भएँ । मैले श्रीमानलाई हेरेर अमेरिका ल्याएकोमा खुसी व्यक्त गरेँ । गोल्डीलाई मबारे थाहा भइसकेको थियो त्यसकारण उनले यसबारे अनुसन्धान थालिसकेका थिए । उनलाई शंका लागेको थियो त्यसकारण उनी यसमा कुनै कमी नहोस् भन्ने चाहन्थे ।’

 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...