गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको डेउडा गित उसै फस्का लाउदि छै सार्बजनिक

  • कार्तिक १७, २०७७
  • ५९० पटक पढिएको
  • Pradesh Times
alt

चर्चित देउडा गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको नयाँ देउडा गीत “उसै फस्का लाउदि छै”सार्वजनिक भएको छ । के.एस. सोनी को शब्द रहेको उक्त गीतको म्युजिक भिडियो संसार धामीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । कृष्ण बाबुद्वारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा सिद्धार्थ जयगढी र दीपिका कँडेलले अभिनय रहेको छ । कृष्ण बाबुको सम्पादन रहेको म्युजिक भिडियोको छायाङ्कन अमृत उपाध्यायले गरेका छन् ।गीतको छायाङ्कन घोडाघोडी नगरपालिका वडा नम्बर ६ भित्रका रमणीय ठाउँमा गरीएको छ । लोक पप गीत मार्फत साङ्गीतिक क्षेत्रमा भर्खरै प्रवेश गर्नु भएका गायक संसार धामीको उसै फस्का लाउदि छै पहिलो देउडा गीत हो । कैलालीको घोडाघोडी नगरपालिका वडा ६ घर भएका धामी पछिल्लो समय साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन थालेका छन् । https://m.youtube.com/watch?feature=share&v=s3cYAtfnX5o

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...