बर्खा लागेर बन्द रहेको स्टिवर सेवा कालीगण्डकी नदीमा पुनःसञ्चालनमा

  • कार्तिक २०, २०७७
  • १८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अमृत भट्टराई /बिहादी, पर्वत । स्याङ्जा जिल्लाको मिर्मि आँधिमुहान देखि स्याङ्जा, पर्वत र गुल्मीको संगम स्थल सेतिवेणि बजारमा सम्म सञ्चालन हुदै आएको स्टिम्वर बर्खा लागेपछि बन्द रहेको थियो । नेपालीहरुको महान पर्व नजिकिँदै जादा स्टिम्वर सेवा पुन अश्विन २५ गते देखि सञ्चालन मा आएको कालीगण्डकी जलयातायातका अध्यक्ष टोलराज भट्टराईले जानकारी दिए ।

बर्खा लगेपछि जेष्ठ महिनाको अन्तिम सातापछि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्टिम्वर सेवा बन्द रहेको थियो । कालीगण्डकी नदीमा a जलविद्युत आयोजना सञ्चालनमा आएपछि २०६१ सालदेखि कालीगण्डकी नदीमा ढंुगा सञ्चालन हुदै आएको र पछिल्लो समय इन्जिन बाट सञ्चालन हुने स्टिवर सेवा सञ्चालनमा आएको अध्यक्ष भट्टराईले जानकारी दिए । स्याङ्जाको मिर्मिको आँधिमुहानमा डिम बाँधिएको कालीगण्डकी नदीले छ गर्दा आँधिमुहान देखि ७.५ किलोमिटर कालीगण्डकी नदीमा ताल परेको र त्यो ताल पर्वतको बिहादी गाउँपालीका ,स्याङ्जाको गल्याङ्ग नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाको संगम स्थल सेतिवेणि बजार सम्म सञ्चालन हुदै आएको छ ।

पछिल्लो समय कालीगण्डकी नदीमा जल यातायात हुदै विश्व प्रसिद्ध सालिग्राम शिला दर्शन गर्ने आउनेहरुको लागि पनि स्टिवर सेवा निकै उपयुक्त हुदै आएको सेदिवेणीका स्थानीय बासिन्दा रेशम न्यौपानेले बताए । गण्डकी प्रदेशले पर्यटन वर्ष २०२० मनाउँदै गर्दा पर्यटन प्रबर्द्धनका लागि कालीगण्डकी जल यातायात लाई नयाँ खालको मकालु पानीजहाज पनि सञ्चालन आएको छ ।

अहिले विश्वभर फैलिएको कोरोना भाईरस को महामारि को कारण ले गर्दा विगतका वर्ष हरुमा भन्दा अलिक भाडा दर बढायर स्टिम्वर सञ्चालनमा आएको अध्यक्ष भट्टराईले बताए । स्टिवर सेवा सञ्चालन भएपछि पर्वतको बिहादी गाउँपालीका , पैँयू गाउँपालिका स्याङ्जाको गल्याङ्ग नगरपालिका को केही भाग गुल्मीको कालीगण्डकी गाउँपालिका का बासिन्दा लाई यात्रा गर्ने र अन्य यातायात भन्दा जल यातायात सस्तो पर्ने भएकाले सेतिवेणी बजार लगाएका बासिन्दाले सामान ओसारपसार समेत गर्दै आएको स्थानीयले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...