शिक्षा भन्दा ठूलो सम्पत्ति केहि होइन : नगर प्रमुख शाह

  • कार्तिक २१, २०७७
  • २१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णनगर, कार्तिक २१ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सञ्चालित उडान कक्षाका १ सय ५६ बालिकालाई साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल वितरण गरिएको हो । उडान छोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाहले बताउनुभएको छ । यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने शाहले विश्वास व्यक्त गर्नुभयो । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको उहाँले बताउनुभयो । “छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” मेयर शाहले शिक्षा भन्दा ठूलो पुजी केहि न रहेको, बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन अभिभावकहरुसँग आग्रह समेत गर्नुभयो । यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताउनुभयो । उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उहाँले बताउनुभयो । विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको घिमिरे बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख रजत प्रताप शाह , सुदिप मौर्य, अमर श्रीवास्तव,लगायतको उपस्थिति रहेको भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...