सामुहिक भवन निर्माणमा ठेकेदारको पेट टन्न,गरिबको जिवन खतरामा

  • कार्तिक २९, २०७७
  • २१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अनुभक्त चौधरी लहान । तराई मधेश समृद्घि कार्यक्रम अन्तरगत सिरहाको लहान नगरपालिका वाडा नं. ११ मा सामुहिक भवन निर्माण भैरहेको छ । तर भवन हेर्दा मजबुत र भरपर्दो न रहेको स्थानियको गुनासो रहेको छ । बनिरहेको भवनको पिलरमा ३ सुतको एउटा रड मत्रै दिएको छ भने जस्ता अनि एङ्गल पनि कमजोर देखिएको छ । भुई ढलान पनि तल धसि रहेको छ । घरमा बस्ने सन्जी देवि सदायको अनुसार घर त बनायो तर दुई नम्बरको ईटा प्रयोग गरिएको छ । त्यसतै दिपक सदायको अनुसार मसला बनाउदा सिमेन्टको भग भन्दा पनि बढी बालुवा हालेको छ छुदा पनि प्लास्टर झर्ने गरेको बताउनु भयो । सदाले थपदै भने मैले भन्दा पनि मानेन मेरो बुवाले भन्दा बुवा संगनै झगडा भएको थियो । हामी गरिब छौं घर थिएन घर भयो राम्रो हो तर मजबुत भएन । निर्माणरत सामुदायिक भवन समितीका कोषाध्यक्ष पवनि देवी सदायका अनुसार ठेकेदार मर्फत काम भईरहेको छ । काम राम्रो संग भएको छैन । पलास्टरमा ढुङ्गा छ ढुङ्गा माथिबाट खस्दा भुईमा खाल्डो नै हुन्छ । ।सामुदायिक भवन निर्माणको बारेमा लहान नगरपालिका वाडा नं. ११ का वाडा अध्यक्ष राज कुमार साहले यस्तो प्रतिक्रीया दिनुभएको छ । “जो सधैं झुपडिमा बसिरहेको थियो उसलाई पक्की घरको बारेमा के थाहा हुन्छ । अहिले बन्दै गरेको अवस्थामा छ जुन बिग्रेको छ त्यो बनाउछौं । काम गर्दै त्रुटी हुन्छ त्यसलाई सच्याउँछौं । ” टवाईलेट,वाथरुम सहीत १२ ओटा कोठा निर्माण भईरहेको सामुदायिक भवनमा आठ ओटा कोठा निर्माण गरि रंग पनि भइसकेको छ भने चार ओटा कोठाको निर्माण काम अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...