सुआहाराले नगरपालिका मार्फत महिला स्वयमंसेविकाहरु लाई माक्स सेनिटाइजर हस्तान्तरण

  • मंसिर ४, २०७७
  • १३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र कृष्णनगर, कपिलबस्तु , मंसिर ४ राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका छन् । ति सबै कुरा लाई ध्यानमा राख्दै र कार्यक्रमलाई सफल बनाउनको लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रम ले कृष्णनगर नगरपालिका को स्वास्थ्य शाखालाई भिटामिन “ए“ कार्यक्रमलाई लक्षित गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर हस्तान्तरण गरेको छ । २०७७ साल मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन “ए“ जुकाको औषधि र बाल भिट्टा वितरण कार्यक्रमलाई सफल पार्नको लागि कृष्णनगर नगरपालिका भित्र रहेको ११४ महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रमले स्वास्थ्य शाखा लाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका नवीन डाँगी ,पृथीपाल तेली तथा संचारकर्मीहरुको उपस्थिति रहेका थिए । यस अघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो। सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...