विरगञ्जमा ओली सरकारको राजिनामा माग, सत्ता कब्जा गर्ने चेतावनी

  • मंसिर ७, २०७७
  • १२९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

कठमाण्डौं : आईतवार विगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै प्रदर्शन गरीएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा जम्मा भएका करिब ५० जना हिन्दु समर्थकहरु प्रदर्शनमा सहभागि थिए ।

बिरगञ्जको घण्टाघरमा आयोजित प्रदर्शनमा ‘हिन्दु रास्ट्र कायम गर, हिन्दु गणतन्त्र नेपाल जिन्दावाद, हिन्दु धर्ममाथिको अतिक्रमण रोक्न नसक्ने ओली राजिनामा देउ’ लगायतका नारा लगाईएको थियो ।

यसैगरी, ‘हिन्दु साधुसन्तको सुरक्षा सुनिस्चित गर, पुजारी हत्याको श्रृंखला बन्द गर, धर्म परिवर्तन बन्द गर, राष्ट्रिय एकता अभियान जिन्दावाद’ लगायतका नारासहित प्रदर्शन गरिएको राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवले जानकारी दिए ।

पदर्शनकारीहरुले चिनियाँ अतिक्रमणको बिरोध गर्दै सम्वन्धित स्थलाको अनुगमन नै नगरी ‘अतिक्रमण भएको छैन’ भन्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीको अभिब्यक्ति प्रति आपत्ति जनाएका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै विश्व हिन्दु परिषदका जिल्ला महामन्त्री रञ्जित कुसुबाहाले हिन्दुहरु एकीकृत हुनु पर्नेमा जोड दिए। उनले सरकारको कडा बिरोध गर्दै मण्डले र कम्युनिष्टहरुले देस बर्बाद पारेको आरोप लगाए । उनले संघर्ष गरेर हिन्दु राज्य स्थापना गर्ने र सत्ता कब्जा गर्ने चेतावनी पनि दिए।

यसैगरी, राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक अशोक कुसबाहा र परवानिपुर गाउँपालिकाका संयोजक ओमबाबु यादबले २÷४ जना लोभीपापीका कारण नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको आरोप लगाए । ८० प्रतिशत हिन्दु वसोवास भएको नेपालाई हिन्दु राष्ट्र घोषणा गर्ने पहल नथाले जनताकै वलमा सत्ता कब्जा गर्नुको विकल्प नरहने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...