के प्रचण्ड पनि चिनियाँ इशारामा नाच्न बाध्य भएका हुन ?

  • मंसिर ८, २०७७
  • १३२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन।

आज बिहान चिनियाँ राजदूतले प्रचण्डसँग उनको निवासमा भेटवार्ता गरेकी हुन्।

स्राेतका अनुसार उनले प्रचण्डलाई पार्टीमा कुनै अडान नराख्न सझाएकी छन्। स्राेतले भन्याे,’चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीविरुद्ध कडा अडान नराख्न सुझाएकी हुन्।’

नेकपा भित्र जबजब संकट आइपर्छ, तबतब संकटमोचनका लागि चिनियाँ राजदूतकाे सक्रियता बढ्न थाल्छ । आफु विवादित बनेरै भए पनि तिनै चिनियाँ राजदूतले नेकपाभित्रको संकट पटक पटक टार्दै आएकी छन् ।

पछिल्लो पटक पनि उनकै कारण नेकपाको संकट पर धकेलिएको थियाे। पदीय मर्यादा नाघेरै भए पनि चिनिया राजदूतकाे सक्रियताले नेकपाभित्रको विवाद बारम्बार सल्टिँदै आएको छ, यद्यपि विवादको दीर्घकालीन समाधान निस्कन बाँकी नै छ ।

पदीय मर्यादा र दायित्वको कुरा गर्ने हो भने चिनियाँ राजदूतले सक्रिय राजनीतिमा कुनै प्रकारको भूमिका निर्वाह गर्न पटक्कै मिल्दैन । अर्थात्, उनको पद र मर्यादाले कुनैपनि राजनीतक गतिविधिमा प्रत्यक्ष संलग्न हुन छुट दिएको छैन । तर, चिनियँ राजदूत्कै पहलका कारण नेकपालाई दुर्घटनाको जोखिमबाट बारम्बार जोगाउँदै आएको प्रस्टै देखिन्छ ।

चिनियाँ राजदूत यान्छीले नेकपाभित्र संकट देखिनासाथ कुटनीतिक मर्यादालाई समेत उपेक्षा गरी नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने र विवाद सुल्झाउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने गरेको पाइन्छ । नेपालको राजनीतिमा यसअघि चिनियाँ दूतावासको सक्रियता यतिविघ्न देखिएको थिएन जति यान्छीको कार्यकालमा देखिएको छ ।

दृष्टान्तका लागि धेरै पछि फर्कनै पर्दैन । पछिल्लो मंगलबार र बुधबार यी दुई नारीको सक्रियताको लेखाजोखा गर्ने हो भने धेरै कुरा छर्लङ्ग हुन्छ । कार्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पेज लामो प्रस्ताव पेश गरेपछि त्यसमा चर्को असन्तुष्टि जनाउने प्रधानमन्त्री केपी ओली र उनको पक्ष ‘बरु नेकपा फुटोस्, त्यो प्रस्ताव फिर्ता नभएसम्म बैठक त के, संवाद नै हुनसक्दैन’ भनिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...