कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

  • मंसिर ८, २०७७
  • १३३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशमा विपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको एक टोलीले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेपछि चीनले आपत्ति प्रकट गरेको छ ।

शाही टोलीको प्रतिवेदनबारे नेपाल सरकारले प्रतिक्रिया जनाएको छैन । सरकारले हुम्लामा नेपाली भूमि नमिचिएको भनिसकेको छ तर शाही मान्न तयार छैनन् । आफूले सप्रमाण प्रतिवेदन तयार पारेको उनको जिकिर छ । यता नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेको छ भने उता सरकारी मुखपत्र ग्लोबल टाइम्सले नेपाली कांग्रेसलाई भारतपरस्त भनेको छ ।

ग्लोबल टाइम्सको समाचार र चिनियाँ दूतावासको पत्र हेर्दा धम्कीको भाषा छ । उनले एक अनलाइनमा दिएकाे अन्तर्वार्ताकाे क्रम भने,’मेरो जीउज्यानमाथि नै थ्रेट छ । म विश्वलाई मेरो जीवनमा ‘केही भयो’ भने पनि चिनियाँका कारणले हुनेछ भन्न चाहन्छु ।’ चीनले आफ्नो पत्रमा हिमाली जिल्लामा सहयोग गरेको भनेको छ । चीनले नेपाललाई मात्रै होइन, नेपालले समेत चीनलाई सहयोग गरेको छ । २०५१ सालमा चीनको अर्बौं पर्ने मूर्ति म पार्टीको प्रतिनिधि भएका बेला फिर्ता गर्न पहल गरेको उनले बताए।

उनले भने,’आजसम्म कुनै पनि व्यक्ति, संस्था वा देशले अमेरिका, भारत, युरोप वा अन्य कुनै देशपरस्त भन्न नसकेको कांग्रेसलाई पहिलोपटक चीनले भारतपरस्त भनेर धक्का दिनु र म जननिर्वाचित सांसदलाई धम्की दिनु अन्तर्राष्ट्रियरूपमा पनि लज्जाको विषय हो, व्यक्तिलाई धम्क्याउनु अन्तर्राष्ट्रिय कानूनको समेत विपरीत छ ।।’

उनले हुम्लामा नेपाली भूमि नमिचिएको प्रमाणित गर्न नेपाल सरकारलाई हाँक दिएका छन् । उनले यस्तै हाँक चीन सरकारलाई पनि दिएका छन् । शाही भन्छन्— मेरो प्रतिवेदन गलत ठहरिए म पद परित्याग गर्छु । दुई देशको संयुक्त प्राविधिक टोली पठाएर अध्ययन गराउन उनको माग छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...