कपिलवस्तु काे विजयनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते एकको अवस्था गम्भीर

  • मंसिर १२, २०७७
  • १३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनी राम काेरी कपिलवस्तु , १२ मंसिर कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । विजयनगर आरटीओ सडक मगरघट्टमा दुर्घटना भएको हो । विजयनगर गाउँपालिका वडा नं. २ मा बस्ने मोटरसाइकल चालक टेकई पासी र पछाडी सवार मगरघट्टा बस्ने हरिलाल बस्याल घाइते भएको अस्थायी प्रहरी पोष्ट खडैचाका असई धन बहादुर अधिकारीले जानकारी दिनुभयो । मोटरसाइकल चालक पासीको टाउको र मुखमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ भने पछाडी बस्ने बस्यालको दाहिने खुट्टा फ्याक्चर भएको उहाँले बताउनुभयो । घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको बताइएको छ । खडैचाबाट सुन्दरीडाँडातर्फ जाँदै गरेको टिप्पर ना ४ ख १२४ नम्बरले लु १४ प ८६०१ नम्बरको मोटरसाइकललाई ठोकिँदा सो दुर्घटना भएको हो । गाडी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...