नवलपरासीमा उत्खनन कार्यमा संलग्न ९ वटा ट्याक्टर पक्राउ

  • मंसिर १६, २०७७
  • २२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा /नवलपरासी,१६ मंसिर पश्चिम नवलपरासीमा नदिजन्य पदार्थ (मिस्कट,बालुवा) उत्खनन कार्यमा संलग्न ९ वटा ट्याक्टर र १ लाख ८० हजार ६ सय २० मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राती बर्दघाट नगरपालीका वडा नं. ५ स्थित खजुरा खोलाबाट अवैध रुपमा उल्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा लु २ त ९८२० र लु ३ त ८६७२ नं. का २ वटा ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका दुवै ट्याकटरलाई आवश्यक कारबाहीको लागि आजै बर्दघाट नगरपालिकाको कार्यालयमा बुझाईएको छ । त्यसै गरी अवैध रुपमा उत्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा सुनवल नगरपालिका वडा नं. ११ जर्गाह खोलाबाट लु ३ त २९०२ नम्बरको एक ट्याक्टर र सुनवल नगरपालिका वडा नं. ४ तुरिया खोलाबाट ६ वटा ( लु ३ त ३२३६, लु २ त ८३०९, लु ३ त ६४९४, लु ४ त १९८६, लु ४ त ३६४ र लु ३ त १८८८) ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएका उक्त ७ वटा ट्याक्टरलाई आजै आवश्यक कारवाहीको लागि सुनवल नगरपालिकाको कार्यालयमा बुझाईएको छ । यसैगरी मंगलवार रामग्राम नगरपालिका वडा नं. १२ सेतोपुल स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ९० हजार १ सय मुल्य बराबरको कपडा,चिनी, प्याज, धनियाको बिउ लगायतका मालसामान प्रहरीले नियन्त्रणमा लिएको हो त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सीपुरबाट अन्दाजी ९० हजार ५ सय २० मुल्य बराबरको ब्याडमिन्टनको र्‍याकेट, माईक हर्न, वायर केबल, फ्युज बल्ब, अटो ट्युब लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिई मानिस भागेका थिए । नियन्त्रणमा लिएको सम्पुर्ण मालसमान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...