दोस्रो समाचकेवा महोत्सव २०७७ सम्पन्न

  • मंसिर १७, २०७७
  • २२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 शम्भु चौधरी लहान १७ मंसिर । सिरहाको लहान नगरपालिका वडा १८ भदैयामा दोस्रो समाचकेवा महोत्सव २०७७ सम्पन्न भएको छ । अपन संस्कृति अपन पहिचान,बृढ बृढाके करू समान मुल नाराको साथ लहान १८ भदैयामा दोस्रो सामाचकेवा महोत्सब सम्पन्न भएको छ । विस्तारै थारु पहिरण, थारु संस्कृति र थारु कला विलिन हुन गई रहेको अवस्थालाई मध्यनजर गर्दै त्यसलाई उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष समाचकेवा महोत्सव मनाउने गरेको कार्यक्रम संचालक भागवत चौधरीले बताए । लहान नगर पालिकाकी उप प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथ्यमा महोृत्सव सम्पन्न भएको छ । कार्यक्रमको बिशिष्ट अतिथिमा थारु कल्याणकारढी सभाको केन्द्रीय सदस्य बिरेन्द्र चौधरी, लहान १८ का वडा अध्यक्ष मो. शमसेर रहेको थियो । अतिथिहरुमा लहान नगर पालिकाको कार्यपालिका सदस्य शान्ति सदाय , लहान १८ का वडा सदस्यहरु, श्री राजाजी बाबा माध्यमिक विद्यालय भदैयाका प्र अ इन्द्रदेब चौधरी ,राजदेबी आधारभुत विद्यालयका प्र अ उद्धब हमाल लगायतका समाचकेबामा आस्था राखने दिदिबहिनहरुको उपस्थिति रहेको थियो । महोत्सवमा गाउँका १५ जना बृढ बृढालाई दोसल्ला र फूलमालाले सम्मान गरीएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल टेलिकमका पुर्व ईन्जिनयर तथा समाजसेवी शिव नारायण चौधरीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य अबकास प्राप्त शिक्षक राम प्रसद चौधरीले गर्नु भएको थियो । कार्यक्रम संचालन शिक्षक भागबत चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...