नवलपरासीमा १ पिकप गाडी सहित १२ लाख भन्दा बढीको मालसामान नियन्त्रण

  • मंसिर १९, २०७७
  • १७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी १९ मंसिर पश्चिम नवलपरासीमा अबैध सामना अोसार पसारमा संलग्नमा १ बलेरो पिकप गाडी सहित ११ लाख ४२ हजार ४ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्सिपुरस्थित लु १ज ३२४३ नम्बरको बलेरो पिकप गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी अबैध रूपमा लैजादै गरेको १८ सय ४० किलो मकै र ९ सय ६० किलो हरियो केराउ सिमामा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । उक्त मकै र केराउको अन्दाजी मुल्य २ लाख ४२ हजार ४ सय बराबर र बलेरो पिकप गाडीको मुल्य ९ लाख गरि जम्मा ११ लाख ४२ हजार ४ सय मुल्य बराबरको रहेको छ । नियन्त्रणमा लिएको सम्पुर्ण मालसामान ,गाडी र गाडी चालक समेत आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...