पहिचानको लडाई अझ वाँकीः जसपा नेता भण्डारी

  • मंसिर १९, २०७७
  • २४७ पटक पढिएको
  • धर्मेन्द्र कुमार यादव
alt

 मंसिर १९ ।महोत्तरी, पहिचानको लडाई अझ वाँकी नै रहेको जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले बताएका छन । शुक्रवार महोत्तरीको औरही नगरपालिका २ स्थित जंघा नदीमा पुलको शिलान्यास गर्दै नेता भण्डारीले मधेशी जनताले विगत लामो समयदेखि अधिकारको लागि लडदै आएतापनि अझ सफलता हासिल गर्न नसकेको धारणा राखेका छन । नेता भण्डारीले बर्षौसम्म लडाई गरेर देशमा संघियता लादन सफल भएतापनि हालसम्म पुर्णयता अधिकार प्राप्त हुन नसक्दा पहिचानको लागि लडाई अझ पनि जारी नै रहेको धारणा राखेका छन । कार्यक्रमकाबीच प्रदेश नं. २ का भौतिक योजनामन्त्री जितेन्द्र सोनलले तराई मधेशमा बर्षौदेखि ठप्प रहेको विकास निर्माणको गति पछिल्लो समयमा वढेको दावी गरेका छन । मन्त्री सोनलले आफनो कार्यकालमा प्रदेश सरकारले वाँकी रहेको विकास निर्माणको गतिविधी जोडतोडको साथ संचालन गरिने तर्क राखेका छन । औरही नगरपालिका २ फुलवरीया र गौशालावीच निगौल जोड्ने जंघा नदीमा १२ करोड ६५ लाख ७ हजार ८ सय ५७ रुपैँयाको लागतमा निर्माण हुन लागेको पुलको अध्यक्ष भण्डारी र मन्त्री सोनलले शुक्रवार पुजापाठ गरि शिलान्यास गरेका हुन् । अगामी २०७९ सालसम्म सो पुल निर्माण भइसक्ने गरी ठेक्का सम्झौता भएको छ । सो शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्यहरु जैनुल राईन, कौशल किशोर यादव ,जानकी शरण साह र स्थानीय जसपाका नेता दरेश यादव, जसपा पार्टी नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा (ज्ञानु), औरही नगरपालिकाका नगर संयोजक शंकर यादव, बिद्यार्थी नेता दिनेश यादव लागायत जसपा पार्टीका नेताकार्यकर्ता स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...