जिल्ला सिरहा विपद समिति बाढि पिडितको लागि केन्द्रित

  • साउन २, २०७६
  • २२९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/प्रदेश टाइम्स दैनिक,श्रावन १,बिष्णुपुर,सिरहा । बिगत केहि दिन देखि परेको अविरल बर्षाको कारण सिरहा जिल्लाको बिभिन्न गाउँ,नगर बाढि बाट प्रभावित भएको बेला सिरहा जिल्लाको गाउँ,नगर र एस.पि, सिडिओ समेतले राहत वितरणमा चासो लिएको छ ।

20190717_160818 बाढि पिडितको लागि राहत जुटाउने कार्यमा सिरहाको कल्याणपुर नगरपालिका प्रथम रहेको सिरहा जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अधिकारी ले जनकारी गराउनुभयो ।आज बुधबार बाढि पिडितलाई दृष्टिगत गरी सिरहा जिल्लाको कल्याणपुर नगरपालिका हरेक वडामा बाढि जोखिम क्षेत्र निरिक्षन गर्न पुगेका एस.पि सि.डि.ओ सहितको जिल्ला विपद टोलिले राहत जुटाउनमा कल्याणपुर नगरपालिका प्रथम रहेको बताउनुभयो । जिल्ललाका हरेक सरोकार बला पक्ष सगँ समन्वय गरि बाढि पिडित राहत उद्धारको लागि जिल्ला सिरहा विपद व्यबस्थापन समितिले सिरहाको प्रसाहि लगायत अन्य बाढि जाखिम ठाउँको निरिक्षण तथा अबलोकन गर्नुभयो । अवलोकन सगैं प्रमुख जिल्ला अधिकारीले राहत सहि समयमा सही मान्छेलाई पुग्नु पर्ने बताए । अबिरल बर्षा तथा बाढिको कारण बाट प्रभावित कल्याणपुर नगरपालिकाको हरेक वडामा बाढि पिडितलाई तत्काल २० के.जि. चामल, ५ के.जि दाल,५ के.जि आलु,१ क्े.जि.स्वाविन,१ के.जि.नुन,१ के.जि खाने तेल,१ केजि चिनी,९ बाइ १२ को १ त्रिपाल,५ केजि चुरा, १ केजि प्याज,लाइटर पिस,लुगा धुने र नुहाउने साबुन १÷१ पिस राहत वितरण गरिने निर्णय गरेको कल्याणपुर नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत संजय कुमार साहले जनकारी गराउनुभयो । तत्काल राहत वितरणको लागि विपद ब्यवस्थापन नगर समिति कल्याणापुरले पनि तादरुक्ता देखाएको छ ।

20190717_162316 आज बुधबार बाढि पिडितको लागि तत्काल राहत जुटाउन बसिएको कल्याणपुर नगरपालिका विपद व्यबस्थापन समितिले हरेक वडामा वडा अध्यक्षको सयोंजकत्वमा सत्य सहि र तथ्यपरक बाढि जोखिममा परेको पिडितहरुको तथ्यांक संकलनमा वडामा गठन गरिएको वडा विपद समिति,त्यहाँको नेपाल प्रहरी,शस्त्र प्रहरी ,सघं संंस्था र संचारकर्मी समेतको संलग्नता रहनु पर्ने जनाएका छन ।सिरहा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष तथा विपद समिति सदस्य राजदेव यादजले राहत वितरणको लागि परिचय पत्रको ब्यबस्था गर्नुपर्ने धारना राखे ।

20190717_160826 1 हाल कल्याणपुर नगरपालिकामा वडा अध्यक्ष र फोन सम्पर्कको माध्यम बाट अनुमानित बाढि प्रभावित घरधुरी तथ्यांक वडा १ मा १०० घरपरिवार,२ मा २५०,३ मा ५५० ४ मा १५०,५ मा २००,६ मा २५।७ मा १५०,८ मा १००,९ मा २०,१० मा २०, ११ मा ८५ र १२ मा ७५ घरपरिवार रहेको अधिकृत शाहले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...