"राजा आउ देश बचाउ" नारा सहित महोत्तरीमा रैली

  • मंसिर २०, २०७७
  • ३८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव-महोत्तरी मंसिर २० महोत्तरी, राजसंस्था सहित हिन्दु राज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम हुन थालेको छ। सोही क्रममा राजाबादी हरुले चलाएको अभियानले पनी महोत्तरीमा राजसंस्था पुनःस्थापनाको माग गर्दै र्‍याली प्रदर्शन गरेको छ । received_3542399469184457 ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार जलेसरमा र्‍याली प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा, ॐ लेखिएको झण्डा र पूर्व राजारानीको तस्बिर अंकित झण्डा लिएर जलेसरको महादेव मन्दिरबाट सुरु भइ महेन्द्र चौकमा पुगेर कोनसाभामा परिनत भएका थिए। कोणसभामा बोल्दै जनतान्त्रीक तराइ मुक्ती मोर्चाका केन्द्रीय सदस्य सबिता यादवले भनुभयो कि नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे, राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिएको छ, अहिलेको नेतृत्व सरकार असफल भएको, राष्ट्रियता र संघियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने छ, विगतदेखि राजसंस्था र राष्ट्रियताका लागि आवाज उठाउँदै आएका र स्वतन्त्र नागरिक एवं छरिएर रहेका सम्पुर्ण संघ संस्थाहरुलाई एकै ठाउँमा संगठित गर्ने काम गर्ने गरेको बताइएको छ । वर्तमान राजनीतिक व्यवस्थाबाट आर्जित बनेका आम नागरिकहरु देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेको राजावादीहरुको भनाइ छ । रैलिमा युवा, र राजाबादीहरुको उपस्थिती रहेको थियो, राजा आउ देश बचाउ, चारै तिर हल्ला छ राजा आउने सल्लाह छ, भने नारा गुन्जिएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...