इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा भन्सार छलि गर्दै ल्याइएको मोबाइल बरामद

  • मंसिर २२, २०७७
  • २१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा भन्सार छलि गर्दै ल्याइएको मोबाइल बरामद कृष्णनगर, कपिलवस्तु, मंसिर २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गोलघर स्थितमा अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छलि गरि ल्याउदै गरेको आठ थान मोवाईल बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर द्वारा खटिएको डिउटी टोलीले उक्त अबैध मोबाइल बरामद गरेको छ । अबैध रुपमा भारत बाट नेपाल तर्फ मोवाईल सेट भन्सार छली गरी लिई आउदै गरेका छन् भन्ने सुचनाको आधारमा मोबाइल बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइएको साथै उक्त मोबाइलको अनुमानित मुल्य रु १,५०,०००-/(एक लाख पचास हजार) पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...