नेपाली राजनितिक दलहरूमा चिनियाँ हस्तक्षेप बन्द गर्न माग गर्दै लहानमा प्रदर्शन

  • मंसिर २४, २०७७
  • ४३५ पटक पढिएको
  • Vijay Singh
alt

लहान, २४ मंसिर । पूर्व मन्त्री सरिता गिरी समर्थक समूहले चिनको विरोध गर्दै सिरहाको लहान नगरपालिकामा आज (बुधवार) प्रदर्शन गरेको छ । स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालय प्रङ्गणबाट निकालिएको विरोध र्याली बजार परिक्रमा गरेको छ ।


‘गो ब्याक चाइना’, ‘चिनियाँ सरकार नेपालको दलमा हस्तक्षेप बन्द गर’ लगायतका प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाली दलमा चिनियाँ सरकारको हस्तक्षेपका कारण आफुहरुको नेता गिरीलाई कारवाही गरिएकोले प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् ।
र्यालीपछि कोणसभाको आयोजना गरिएको छ । कोणसभामा पूर्व मन्त्री गिरीले आफुहरुले संसदमा उठाएको आवाज जायज रहेको बताएकी छन् । उनले सभालाई सम्वोधन गर्दै आफुहरुले उठाएको आवाज नेपालका राष्ट्रिय मिडियाहरुले पचाउन नसकेको आरोप समेत लगाइन् ।
सोही कुरालाई भारतीय मिडियाले उठाउदा सरकारले भारतीय मिडियामाथि नै आक्रमक रुपमा प्रस्तुत भएको उनले बताए । ‘आफ्नो जायज कुरा उठाएकै भरमा सरकारले भारतीय मिडियाको प्रशारण नै बन्द गरे पनि’ उनले भनिन्–‘सरकारले निरंकुश शैली अपनाएको यसले स्पष्ट हुन्छ ।’


अर्को सन्दर्भमा उनले सरकारको गलत रबैयाले देशमा भ्रष्टचार बढ्दै गएको आरोप लगाइएन् । ‘भ्रष्टाचार नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्ने थियो÷छ’ उनले भनिन्–‘तर, सरकार उल्टै भ्रष्टाचारलाई संस्थागत गर्दै अघि बढेको देख्न सकिन्छ ।’
यस्ता रबैयाहरुमा सुधार नल्याए आउने दिनमा सरकारको पतन निश्चित रहेको नेता गिरीको भनाई छ ।

 Vijay  

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...