मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • मंसिर २५, २०७७
  • २४८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्णनगर, कपिलवस्तु, मंसिर २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बरालले प्रदेशमा रहेको मदरसाको विकास, समृद्धि एवम् व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश मदरसा बोर्ड ले पहल गर्ने, इस्लामिक विश्वविद्यालय खोल्ने प्रवधान सहित प्रदेश शभामा विधेयक अगाडि बढेको बताउदै यस बर्ष छ वटा जिल्लाको मदरसामा एक- एक वटा क्षात्रावास बनाउने योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै पूर्व मंत्री इश्वर दयाल मिश्र ले शिक्षा क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको र मदरसा शिक्षा सम्बंधि प्रदेश स्तरमा नीतिगत निर्णय गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो । नेकपा केन्द्रीय सदस्य सिराज फारूकी ले मदरसा शिक्षाको सवालमा राज्यले उचित कदम चाल्नुपर्ने मदरसाको व्यवस्थापन र त्यसमा पढाउने शिक्षकको सेवा सुविधा, शिक्षक तालिम समेतको व्यवस्था राज्यले मिलाउनु पर्नेमा जोड़ दिए । प्रदेश सांसद अर्जुन केसी ले सबै भाषा र सांस्कृतिको सबैले सम्मान गर्नु पर्ने बताउनुभयो। उक्त कार्यक्रमको आयोजना जामिया इस्लामिया नइमिया, जामिया खदीजतुल कुबरा र अलजमिअतुल बरकतिया लिल बनात ले गरेका थिए । साथै मदरसा हरूको संयुक्त समस्या लाई जामिया इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां ले सामाजिक विकास मंत्री सुदर्शन बराल लाई फाइल दिनुभयो ।कार्यक्रममा अन्य व्यवस्थापन नसरूल्लाह खां लगायत अन्यको भुमिका महत्वपूर्ण रह्यो । कार्यक्रममा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान, हैदर अली, नूर मोहम्मद खां, सरफराज खां, अब्दुल रहमान, तारिक अनवर खां, लगायत पत्रकार, प्रहरी र अन्यको उपस्थित रहेको थियो। सगिर खाकसार ले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...