सिरहा अस्पतालमा पिसिआर प्रयोगशाला उद्घाटन

  • मंसिर ३०, २०७७
  • १५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स बिष्णुपुर, सिरहा, मंसिर  । जिल्ला अस्पताल सिरहामा कोरोना परीक्षण गर्न पिसिआर प्रयोगशालाको उद्घाटन गरिएको छ । पिसिआर मेसिनको जडान गरिएको प्रयोगशालाको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन् । कोरोना भाईरसको परीक्षण गर्न उदेश्यले सिरहा अस्पतालमा सामाजिक विकास मन्त्रालयले एक सेट पिसिआर मेसिन पठाएपछि प्रयोगशाला स्थापना गरिएको छ । एक लोटमा ९० जनाको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्न सकिने क्षमताको अमेरिकन बायोर्याड कम्पनीको अत्याधुनिक मेसिन भएको पिसिआर प्रयोगशाला सिरहाका ईन्चार्ज (ल्याब टेक्नोलोजिस्ट) संजय साहले बताए । उक्त मेसिन जडान गरी प्रयोगशालाको उद्घाटन गरिएपनि जनशक्ति आपूर्ति हुन दुई÷तीन दिन लाग्ने भएको छ । पिसिआर प्रयोगशाला संचालन गर्न विभिन्न तहका १३ जना जनशक्ति आवश्यक भएकोले अहिले उद्घाटन मात्र गरिएको सामाजिक विकास मन्त्री नवल किशोर साहले बताए । पिसिआर प्रयोगशालाको लागि आवश्यक जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकार जुटेकोले केही दिनभित्रै दक्ष जनशक्ति परिचालन गरि प्रयोगशालाबाट परीक्षण कार्य सुरु हुने मन्त्री साहले बताए । पिसिआर मेसिन जडान गरिएको प्रयोगशाला उद्घाटन गर्न सामाजिक विकास मन्त्री साह, सामाजिक विकास मन्त्रालयका सचिव, प्रदेश २ का स्वास्थ्य डाईरेक्टर लगायतका टोली सहभागि थिए । पिसिआर प्रयोगशाला उद्घाटन गर्न सहभागी मन्त्री साह सहितका टोलीलाई सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले दोसल्ला र गम्छा ओढाएर सम्मान गरेका थिए । १३ जनाको जनशक्ति आवश्यक पिसिआर प्रयोगशालामा स्वाव संकलन, जाँच्ने र रिर्पोट तयार गर्नेगरी १३ जना जनशक्ति आवश्यकता रहेको छ । ल्याब टेक्नोलोजिस्ट ६ जना, ल्याब टेक्निसियन २ जना, ल्याब असिस्टेन्ट २ जना, एक÷एक जना कम्पुटर अपरेटर, कार्यालय सहयोगी र सुईपरको आवश्यकता रहेको ल्याब टेक्नोलोजिस्ट साहले बताए । जिल्ला अस्पताल सिरहा प्रदेश सरकारको मातहतमा भएकोले प्रयोगशालाको संचालन र व्यवस्थापनको जिम्मा समाजिक विकास मन्त्रालय गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...