सिरहाको गोलबजार नगरपालिकामा शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि साहयक सामग्री वितरण

  • मंसिर ३०, २०७७
  • १५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान ३० , मंसिर सिरहाको गोलबजार नगरपालिकामा सोमबार शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि साहयक सामग्री वितरण गरेको छ । राज्यको सेवा सुबिधाबाट बन्चितिकरणमा परेका सदाय समुदायको उत्थान गर्न निरन्तर काम गर्दै आईरहेको धनुषा जिल्ला जनकपुरका जानकी महिला जागरण समाज संस्थाले उक्त सामग्री वितरण गरेको समाजका सिरहा जिल्ला संयोजक संतोष कर्णले जानकारी दिनुभयो । ब्रेकिङ्ग द बोन्ड्स कार्यक्रम अन्तर्गत Street Child of Nepal को आर्थिक सहयोगमा जिल्लाका विभिन्न स्थानीय तहका अपाङ्गता भएको ब्याक्तीलाई जिल्ला समन्वय समिती सिरहाका सभापति रामचन्द्र ठाकुर , संस्थाका प्रतिनिधि लगायत संचारकर्मिको रोहवरमा उक्त सामग्री हस्तान्तरण गरेको थियोे । अर्थोपेडिक जुत्ता १ जोरी, सिपि चेयर ३ वटा , अल्मुनियम स्टिक १ , ह्विल चेयर १ , ट्राई साईकल १ , बैशाखि १ , किर्तिम हात एक जना गरि ९ जनालाई साहयक सामग्री बितरण गरेको जानकी महिला जागरण समाज जनकपुरका कार्यक्रम व्यवस्थापक विष्णुकुमार भण्डारीले बताए । उनले भने - संस्थाको कार्यक्षेत्र भित्रका जीवन उपयोगी अनौपचारिक शिक्षा अध्ययन गरिरहेको मुसहर समुदायको किशोरी लगायत उनको परिवारलाई साहयक सामग्री बितरण गरेको छु ।, गरिबी र पौस्टिक आहारको कमिले अपाङ्गता भएको ब्यक्ति छनौट गरि सिरहाको धनगढीमाई नगरपालिका, नरहा गाउँपालिका , लहान नगरपालिका , कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिकाका नौ जना अपाङ्गता भएको लाई निशुल्क साहयक सामग्री बितरण गरेको व्यबस्थापक भण्डारीले बताए । यस अधि संस्थाले जिल्लाका १२ जना मुसहर समुदायलाई अँखा र कान सम्बन्धि समस्या भएकोले लहानको अँखा अस्पताल र सिरहाको बहिरा कान उपचार केन्द्रमा उपचारका लागि पठाएको थियो । यसैबिच आज मंसिर ३० गते सो संस्थाले धनुषामा १३ जना र भोलि महोत्तरीमा १७ जना शारीरिक अपाङ्गता भएका मुसहर समुदायलाई साहयक सामग्री बितरण गरिने संस्था कै परियोजना व्यबस्थापक हरि खनालले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...