वीरगंज भन्सारको बदमासी पक्राउ परेको तीन बर्ष बित्दा पनि गाडी लिलामी भएन

  • मंसिर ३०, २०७७
  • २९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

वीरगंज भन्सार कार्यालयको लाहपारवाहीले पक्राउ परेको गाडीहरु लिलामी नभएको कारणले करोडौं राज्शवमा कमी , भन्सार भित्रैवाट गाडीहरुको मंहगो पार्टस पुर्जा गाएब कृष्णा यादब बीरगंज ३० मंसिर बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले गर्दा र समयमा लिलामी नगरेको कारण राज्यले करांैडो रुपैया नोक्सान बेहोर्नु परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सवारी साधनहरु र खाधान्य समानहरु पक्राउ गरी भन्सार कार्यालयमा बुझएको माल सामानहरु लिलामी भन्सारले नगरेकोे कारण राज्यको करौंडो रुपैया गुम्ने गरेको छ । देश कै सबै भन्दा बढी राजश्व असुली गर्ने भन्सारको रुपमा रहेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुको कारणले गर्दा बीरगंज भन्सार कार्यालय दिन दिनै धारासयी बन्दै गई रहेको छ । प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको भारतिय नम्बरको मोटर साईकल, कार जिप, भ्यान, ट्रयाक्टर, ट्रक र बिभिन्न खाधान्य माल सामान खाने तेल चिनी दाल चामल प्याज केराउ, छोहडा, लत्ता कपडा लगायतका सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएने गर्छ तर प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको सवारी साधनहरु र माल सामान भन्सारले समय मै लिलामी नगर्दा राज्यले कती घाटा बेहोर्नु पर्न भने त्यो हामी अनुमान समेत गर्न सक्दनिौ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएका सवारी साधनहरु भन्सारको नियन्त्रणमा रहन्छ तर सो गाडीमा रहेका बैट्री देखी टेपरेकर्डर जस्ता महगां सामानहरु भन्सार भित्रैबाट गायव हुन्छ । लकडाउनका कारण र मुददा प्रक्रिया नपुगेको कारणले गर्दा समयमा गाडीहरु र माल सामान लिालाम हुन नसकेको बीरगंज भन्सार कार्यालयका सुचना अधिकारी विमल साह बताउछन । प्रहरीले नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको मोटरसाईल देखी जिपकार गाडीहरुमा रहेको अधिकांस सामानहरु निकालिएको छ तर यस सम्बन्धमा भन्सारका सुचना अधिकारी भन्छन प्रहरीले जुन हालतमा बुझाएको छ त्यही हालतमा हामी संग रहेको भन्सारमा चारैतिर सिसी क्याम्रा भएको कारण आफुहरु काहाबाट सामान गायव नभएको दावी सुचना अधिकारी बिमल साह दावी गर्छन । सुचना अधिकारी बीरगंज भन्सार कार्यालय सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिव दुई बर्ष पहिला अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको भारतिय नम्बरको गाडीहरु र अबैध रुपमा भन्सर छलीका माल सामानहरु ओसार पसार गरेको सवारी साधनहरु नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएपनी भन्सार कार्यालयले समयमा सो माल सामानहरु र सवारी साधानहरु लिलामी नगर्दा र सो सामानहरु र सवारी साधनहरु सडेर जादा राज्यलाई करौंडो घाटा हुने भएको छ । बीरगंज भन्सार कार्यालयले दिएको डाटा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको सवारी साधनहरुमा जिपकार भ्यान ५८ थान ट्रक कन्टेनर टिपर पिकअप र ट्रेक्टर ४९ थान तिन पान्ग्रे सवारी साधन २४ थान र मोटर साईकल ३०९ थान गरी जम्मा ४ सय ४० थान सवारी साधनहरु रहेको छ । तर ति गाडी गाडीहरु मध्ये अधिकांश गाडीहरुको सामान गायव हुन्छ र भन्सारका सुचना अधिकारी विमल साह दावी गर्छन प्रहरीहरुले त्यस्तै हालतमा बुझाएकाछन भनेर । उता लिालाम साकार गर्नेहरुले लिलाम साकार गरेको दुई महिना भन्दा बढी भै सक्दा पनी बीरगंज भन्सारले नलिलाम सकार गरेको सामान दिन्छ नत आफनो पैसा नै दिन्छन र लिलामी साकार गरेका सामानहरुमा पनी भन्सारले कम दिने गरेको लिालामी साकार गर्ने एक स्थानियको गुनासो रहेको छ । बीरगंज भन्सार कार्यालयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिव ५० करोड भन्दा बढीको अबैध भारतिय नम्बर प्लेटको दुई पान्ग्रे सवारी साधनहरु र केराउ छोहा लगायतका खाधान्य सामानहरु पक्राउ गरेर बुझाए पनी उक्त सामानहरु अहिले भन्सार कार्यालयको गोदाम र परिसरमा सडेर गईरहदा पनी भन्सारले लिलामी प्रक्रिया अगाडी बढाएको छैन । बीरगंज भन्सार कार्यालयमा भन्सार कर्मचारीहरुले आलटाल गर्ने र कहिले कर्मचारीहरुको सरुवा हुने जस्ता कार्यले गर्दा समयमा लिलाम नगर्ने र छोहडा र खाने तेल लगायतका सामानहरु सडेर गएको एक स्थानियको आरोप रहेको छ । प्रहरीहरुले भन्सारमा बुझाएको सामानहरु बीरगंज भन्सार कार्यालयले लिलाम दिने बेलामा कागजमा भएको १ सय ४० किलोमा १४ किलो मात्र दिने गर्छन र अन्य सामानमा कम भन्सारले दिने गरेको र आफुहरुलाई घाटा हुने गरेको लिलाम साकार गर्ने एक स्थानिय बताउछन । यसरी प्रहरीले राज्यका लागी अबैध सवारी साधनहरु र भन्सार छलीका करौंडो रुपैयाका सामानहरु दिन रात खटेर राज्यका लागी काम गर्ने र अबैध माल सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाउदा पनी त्यसबाट भन्सारमा कम हुने र प्रहरीहरुले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको सवारी राधनहरु बषौं देखी बीरगंज भन्सार कार्यालयमा थन्काएर राख्ने र समयमा लिलाम समेत नगर्दा भन्सार कार्यालयको गैर जिम्मेवारीका कारण राज्यलाई करौंडो रुपैया नोक्सान हुदा यस तर्फ सम्बन्धीत माथिल्लो निकाएको ध्यान जान जरुरी छ नत्र माल पाएर चाल नपाएको जस्तो राज्यले करौडो होईन अरवौं रुपैया नोक्शान ब्यवहर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...