सुर्यालाईफ ईन्स्यारेन्सले गर्यो दावी रकम भुक्तानी

  • पुस १७, २०२६
  • १४२ पटक पढिएको
  • सदिक्षा गैरे
alt

कावासोती फाल्गुन २७। सुर्यालाईफ इन्स्योरेन्स कावासोती शाखाले मृतकको परिवारलाई आज एक लाख ४० हजार ५० रुपैया दाविरकम भुक्तानी गरेको छ । कम्पनी अन्तर्गत कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना (सहज), नारायणगण शाखा प्रमुख उर्मिला ढकाल, एजेन्सी म्यानेजर के.वि राना, हरि प्रसाद अधिकारी लगायतको उपस्थितीमा स्वर्गिय समिर महोतोको वुवा महोन प्रसाद महातोलाई सो दावि रकम हस्तान्तरण गरिएको हो । १४ वर्षिय महतोको गत मंसिर १८ गते चितवन मेडिकल कलेजमा मृत्यू भएको थियो । उनी बिगत केही समय देखि बिमारी थिए । कम्पनिले विमाङ्क रकम १ लाख र बोनस गरि जम्मा रु एक लाख ४० हजार ५० रुपैया दावि रकम हस्तान्तरण गरेको कावासोती शाखा प्रमुख टोप बहादुर रानाले जानकारी दिनु भयो । कम्पनीको कावासोती शाखा ले बिमा दाबी रकम तत्काल उपलब्ध गराउदै आएको छ । एक दशक भन्दा बढी समय देखि कावासोतिमा सेवा प्रदान गर्दै आईरहेको सुर्या लाईफ ईन्सोरेन्स को कावासोतीमा सयौ ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...