राम पुकार यादव,साउन ५ बिष्णुपुर,सिरहा खाँकी बाबा सहितको रामजानकी कुटी बिष्णुपुर गाउँपालिकाको वडा न.२ कौवाहामा रहेको मन्दिर हो ।यो प्रदेश न. २ को सिरहा जिल्लामा पर्दछ ।बुढापाकाको अनुसार यस ठाउँमा जङ्गलै जङ्गल रहेको बेला खाँकी नाम गरेको एक तपस्वी बाबाले बास गरेको स्थल हो । खाँकी बाबाले फुल संकलन गरेर सधै पुजापाट गर्ने गरथ्यो । एक दिन खाँकी बाबाले कुटी भित्रै रहेको फुलको बगैंचा बाट फुल संकलन गरेर रामजानकी मन्दिर भित्र रहेको ठाकुर महराजलाई पुजा गरिनुभएको छ । पुजापाट गरे पश्चात एक बिषालु कालो सर्पले टोकेको रहेछ ।तत्पश्चात बाबाले मैले सर्पलाई टोकेको हु ।सर्पले मलाई होइन ।सर्प आफै मर्छ । सर्पलाई नमार्न आदेश गरेको छ ।वास्तवमा सर्प आफै मरेको किबदन्ती रहेको छ ।बाबा धर्म शक्तिशाली रहेको रहस्य रहेको छ । केही दिन पश्चात बाबा आफैले आज म मर्छु एक ठाउँमा गएर भुई समाधी लिनुभएको छ ।त्यस दिन देखि नै यस ठाउँमा खाँकी बाबाको पुजा गर्ने गरिन्छ ।राम र जानकीको नाम बाट निर्मीत यस मन्दिर भित्र ठाकुर बाबा रहेको छ ।यस मन्दिर बाट ५० मिटर पशिचम उतर खाँकी बाबाले भुई समाधी लिएको स्थलमा खाँकी बाबाको मन्दिर निर्माण भएको छ । मानिसले आपद बिपद,कष्ट पिडा र संकट परेको बेला यहाँ पुजापाट गरेपछि हरेक मनोकामना पुरा हुने गरेको पाईन्छ ।यो मन्दिर शिखर शैलिमा निर्मान भएको हो । १६ धुर जग्गा रहेको यो मन्दिर सँग हाल कम्पाउण्ड सहित ५ कठा घडेरी र दुइ बिगहा उब्जनी खेतियोग्य जमिन रहेको छ । यस मन्दिरको निर्माण–
तान्त्रिक शक्तिको स्वरुपमा पनि लिने गरेको यो मन्दिर मन्दिरको निर्माणका लागि गउँकै एक भोचन दास भन्ने महाबिर यादवले आर्मनी लिएपछि आफ्ना केही जग्गा बेचेर दिएको रकम र सोही ठाउँका बुद्धिजिबी,समाजसेवी भद्रभलादमीहरुले चन्दा संकलन गरेर बनाएको हो ।हाल यसको पुजारी महाविर दास रहेको छ ।
यसको विकास निर्माण कार्य– बिभिन्न समयमा गाउँकै बिभिन्न उपभोक्ता समितिहरु बाट बिकास निर्माणका कार्य भैरहेको छ । हाल प्रदेश सरकार र बिष्णुपुर गाउँपालिका वडा न. २ कौवाहामा गठित उपभोक्ता समितीको साझेदारीमा कम्पाउण्ड वाल र गेट निर्माणका कार्य यही २०७६÷०३÷२० गते सम्पन्न भएको छ ।यसको समितीमा गुरुशरण यादव अध्यक्ष,राम प्रताप यादव सचिव ममता यादव कोषा अध्यक्ष सहित अन्य सदस्यहरु रहेका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved