पर्सा प्रहरीद्वारा प्याज गोदाम मा राखिएको ४० किलो चाँदी पक्राउ

  • पुस १, २०७७
  • १८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णा यादव बिरगंज,समाचारदाता,पुस १ गते। पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार बुझेको दिनदेखी तस्करीको सामान धमाधम पक्राउ परेको छ। एस पि पन्तले विशेष सूचनाको अधारमा भारतको बाट एक एक बोरा गरि ल्याई भणडारन गरि राखेको गोदाम बाट ठूलो परिणाममा प्याज पक्राउ गरेको छ यसै बिच आजै जय नर्सिह ज्वेलर्श मा छापामारी गरि ४० के जि चाँदि पनि पक्राउ गरेको छ। केही दिन पहिला २३ किलो सुन र २ किलो चाँदी गहना पक्राउ गरेर पर्सा प्रहरीको इतिहासमा पर्सामा पहिलो पटक ठूलो परिमाणमा यति धेरै सुन पक्राउ गरि इतिहास बनाउन सफल भएको व्यापक रुपले चौतर्फी चर्चा भईरहेको थियो। एसपि पन्तले पर्सामा कार्यभार सम्भालेको ११ महिनामा लगभग ३० करोड भन्दा बढिको भन्सार छलि गरेको अबैध मालसमान र हुण्डी को रकम पक्राउ गरि बिरगंज भन्सार र राजस्व अनुसन्धान पथलैया बुझाएको छ। पर्सा प्रहरी उपरीक्षक पन्तले कार्यभार बुझेको केही दिन पछी नै सुरु भएको कोरोना माहामारी को पालना गर्नुको साथ साथै पर्सामा शान्ति सुरक्षा र तस्करहरुको संजाललाई तोडन समेत सफल भएको आम मानिसहरुको बुझाई छ। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक पन्तको नेतृत्व र पर्सा क्राइमको सञ्चालित अभियानले अहिले पर्साको अपराधी गतिबिधी तथा तस्करहरुमा रुवाबासी र उठिबास भएको पर्साबासिले बताउँछन् । पर्सा जिल्लाको वीरगंज सिमानाकामा हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गरेपछी अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएका छन्। त्यसतै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधिमा पनि कमि आएको पर्सा जिल्ला बासिहरुको भनाई छ । पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरी प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको दावी समेत गरिन । एस पि पन्तले भनिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षादिने र अपराधी क्रियाकलापलाई समाप्त गर्ने बताउदै आफुले पनी सोही गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...