पार्टी फुटाउने छुट कसैलाई छैन: मन्त्री श्रेष्ठ

  • पुस २, २०७७
  • ५३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा ।हालै मन्त्री पदमा नियुक्त भएका नेकपाका युवा नेता लिला श्रेष्ठले अहिले नै पार्टी फुटाउन कसैलाई अधिकार नभएको बताएका छन् । सदरमुकाम सिरहास्थित जिल्ला समन्वय समितीको कार्यलयमा प्रदेश टाइम्स दैनिक बिष्णुपुर सँग लामै अन्तवार्ता गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पार्टी फुटाउन कसैलाई म्यान्डेट नदिएको बताएका हुन्। उनले भने,‘पार्टी कसैले फुटाउँछ भने नेपालको कम्युनिष्ट आन्दोलनमा  गम्भीर गल्ती हुनेछ।’ नेकपाका दुबै अध्यक्ष ठूलै त्याग, संघर्ष र बलिदानबाट नेकपा स्थापित भएको उनले बताए। मन्त्री श्रेष्ठले भने, ‘जनताको मुक्तिका लागि एकजना १४ वर्ष नेल लगाएर जेल बसे अर्काले जनयुद्द गरे। फुटले कम्युनिष्ट आन्दोलनले भोग्नुपर्ने परिणतीबारे दुबै जानकार छन्, ठूलो पार्टीमा विवाद हुन्छ तर यसको मतलब यो होइनकी उहाँहरू पार्टी फुटाउने तहसम्म पुग्छन।’ पार्टीको विवादलाई बेमौसममा बजाइएको बाजाको संज्ञा उनले दिए। ‘सरकारको ऐतिहासिक लक्षयहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा सबै गम्भिर बन्ने बेला विवाद झिक्नु बेमौसमको बाजा हो,’ उनले भने, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यही हो।’ अर्को एक प्रसगंमा मन्त्री श्रेष्ठले अहिलेको नेकपाको सबै समिति पार्टीको महाधिबेशन गर्न बनाइएको तदर्थ समिति रहेको बताए । ‘अहिलेका अध्यक्षहरू, महासचिव, सचिवालय, पोलिटब्यूरो, केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिहरू सबै एकताको महाधिबेशन गर्न बनाइएका तदर्थ हुन् ,’ मन्त्री श्रेष्ठले भने, ‘महाधिबेशनबाट चुनिएर नआएसम्म सबै तदर्थ हुन्।जिल्ला समन्वय समिति सिरहाको सभापति राम चन्द्र ठाकुरले मन्त्री श्रेष्ठलाई सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...