सुरेश कुमार पांडेय मिति २०७७।०९।०३ गते यस कपिलवस्तु जिल्लाका बिभिन्न भित्रि सडक खण्डहरुमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा अं मुल्य रु २,८५,५०० ।– (दुईलाख पचासी हजार पाँचसय ) बराबरको बिभिन्न किसिमका सामानहरु (साईकल १५ थान,बल्व ३ पेटी,चिनी १४ बोरा,साडी १९५ पिस,जुता ८८ जोर,लेडिज चप्पल ७२ पिस ,सर्ट ७२ पिस लेडिज कुर्ता १२ पिस)यस कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले फेला पारी,सामान बरामद गरी यस कार्यालयमा ल्याई आवश्यक कारवाहीका लागी आजै सुठौली भन्सार कार्यालय पठाईएको ।१०३ फरार ब्यक्ति पक्राउ, तिन करोड बढि राजस्व संकलन । पछिल्लो ६ महिनामा कपिलवस्तुमा नेपाल प्रहरीले निकै ठुलो सफलता हासिल गर्न सफल भएको छ । पछिल्लो ६ महिनामा भन्सार छली गरेर भित्राइएको सामान, र फरार ब्यक्तिहरु कपिलवस्तु प्रहरीले पक्राउ गर्नमा सफल भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार भेटघाट कार्यक्रममा सो बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले असार देखि मंसिरसम्म भन्सार छली गरी ल्याउन लागेका बिभिन्न सामानबाट ३ करोड १६ लाख १९ हजार चार सय सत्ताउन रुपैया राजस्वबाट उठेको बताए । यद्यपि सो रकम बिगतमा १ बर्षमा पनि उठेको थिएन । त्यस्तै ६ महिनाको अवधिमा बिभिन्न मुद्धाका १०३ जना फरार रहेका मानिसहरुलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । उता बिभिन्न लागु औषध किनबेच तथा प्रयोग गर्ने ३९ जनालाई पनि नियन्त्रणमा लिइएको हो । साथै जिल्लामा नवराज अधिकारी प्रहरी प्रमुख भएर आएपछि मात्र ४ लाख ९५ हजार रुपैया बिभिन्न नदीजन्य पदार्थको चोरी गर्नेबाट राजस्व उठाउन सफल भएको हो । भेटघाटमा बोल्दै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रहरी काम उदारणीय रहेको बताउदै यो सफलतालाई निरन्तरता दिन आग्रह गरेका छन । पत्रकार भेटघाट कार्यक्रममा दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved