कपिलवस्तुमै पहिलो पटक कपडा बैंक स्थापना

  • पुस ३, २०७७
  • ९७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु, पुष ३, कपिलवस्तुमै पहिलो पटक कपडा बैंक स्थापना गरिएको छ । बढ्दो चिसो बढेसंगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको हो । हुनेले दिएर जाऔँ, नहुनुले लिएर जाऔँ भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट बचाउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको युवाका संयोजक लक्ष्मण सापकोटाले जानकारी दिए । बढ्दो चिसो बढेसंगै जाडोमा शरिर समेत ढाक्न नसक्ने गरिव परिवारलाई शरिर ढाक्ने एक जोर कपडा भएपनि प्रदान गरी उनीहरुको घाउमा मलम लगाउने लक्ष्यका साथ सुरु गर्न लागिएको अभियानमा ईच्छुक संघ संस्था वा व्यक्तिलाई पनि समावेश गराईनेछ । खासगरी प्रयोग गर्न मिल्ने खालका कपडा सफा गरि विपन्नलाई प्रदान गर्ने, प्रयोग गर्न नमिल्ने कपडालाई कपास उद्योगमा लगि सिरक, डसना बनाई वितरण गरिने अभियानको थालनि गरेको संस्था युवा कपिलवस्तुले जनाएको छ । अहिले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सुरु गरिएको कपडा बैंक अभियान क्रमशः जिल्लाका अन्य स्थानीय तह तथा अन्य जिल्लामा पनि सञ्चालन गरिने संस्थाका सहसंयोजक असिम भट्राईले बताएका छन् । तपाईको सानो सहयोगले, कसैको घरमा न्यानो ल्याउन सक्छ भन्ने मुल मन्त्रका साथ अगाडि बढेको उक्त अभियानमा हुनेले दिन र नहुनेले लिन सक्ने छन् । जसका लागि चार नम्बर जितपुरमा रहेको बुद्ध प्रोफेशनल एकेडेमीमा सम्पर्क गर्न सकिनेछ भने ०७६५५०८६, ९८६७५२६९६६ वा ९८६२२७०२६३ मा सम्पर्क गरिने सक्ने युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले जनाएको छ । संस्थाले यस अघि राष्ट्रिय झण्डा दिवसको अवसरमा देश प्रति गर्व गर्दै जिल्ला प्रशासन अगाडि नयाँ झण्डा राख्ने लगायतका विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...