कपिलवस्तु काे विजयनगरमा अजिङ्गरको बच्चा भेटियो

  • पुस ४, २०७७
  • २३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु , पौष ४ / विजयनगर कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालीकामा अजिङ्गर सर्पको बच्चा भेटिएको छ । गाउँपालीकाको वडा नम्बर ७ स्थित त्रिनेत्र निम्न माध्यमीक विद्यालय सोनवरसाको कम्पाउण्डमा शुक्रबार उक्त सर्प भेटिएको हो । बिहान ११ बजे फेला परेको अजिङ्गर सर्पको बच्चा अनुमानीत ५ फिट लामो रहेको बताइएको छ । सर्पलाई वन कर्मचारीहरुको टोलीद्वारा उद्दार गरि गौतम बुध्द साझेदारी वन व्यवस्थापन समितीको वन क्षेत्र, चिरइ खोला, कोहीनाहव खोला र अर्रा खोला भित्र पर्ने जवाबैराठको वन क्षेत्रको उपयुक्त वासस्थानमा लगि छाडिएको छ । सर्पलाई वडा नम्बर १ का वडा अध्यक्ष इन्नर चौधरी, गुगौली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संजय कुमार मिश्र, शसत्र वन रक्षक रुमलाल पाख्रेल, रेडियो विजयनगरका प्रतिनिधी शम्भु बिक लगाएत स्थानीयको रोहबरमा वनमा छाडी लुम्बिनी प्रदेश सरकारमा पत्र पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...