नि:शुल्क शिक्षा अभियान काे समिति गठन तथा बृहत अभियान भेला सम्पन्न

  • पुस ४, २०७७
  • १६५ पटक पढिएको
  • Pradesh Times
alt

धनी राम काेरी रुपन्देही , ४ पुष लुम्बिनी प्रदेशको अस्थायी राजधानी रुपन्देहीकाे बुटवल मा नि:शुल्क शिक्षा अभियान काे समिति गठन तथा बृहत अभियान भेला सम्पन्न भएको छ । "अनाथ तथा गरिब , विपन्न बालबालिकाहरुकाे लागि सहयोगार्थ " भन्ने मुल नारा काे साथमा नि:शुल्क शिक्षा अभियान अन्तिम फाउण्डेसन नेपाल द्वारा संचालन हुदैछ । नि:शुल्क शिक्षा अभियान लागि अगाडि बढाउन काे लागि मुल समिति मा संयाेजक ज्ञानेश्वर सहानी ,सह- संयाेजक जनक राज पाैडेल , सदस्य सरिता पाण्डे , निरु पटेल , सुजाता पाण्डे , बाल गाेविन्द सहानी , दामाेदर अार्चय , सुरेश यादव , लक्ष्मण वि. सी , सुरज श्रेष्ठ , धनी राम काेरी , इश्वारी प्रसाद पाण्डे , हिमाल न्याैपाने , साेभाकर पाण्डे, नेत्र सारु मगर र अमृत पाण्डे जस्ता व्यक्तिहरु मुल समिति मा चयन हुनु भएको छ । सल्लाहकार मा नवीन पाैडेल , राजेन्द्र अधिकारी , पाेभ नारायण पाण्डे र राजेन्द्र घिमिरे हुनु भएको छ । बृहत भेला मा नि:शुल्क शिक्षा अभियान लाई का भावी समस्याहरु के के हुन सक्छन् र त्याे समस्यालाई कसरी समाधान गर्ने , याे अभियानलाई राष्ट्रिय स्तरमा कसरी ,कुन तरिका बाट अघि बढ्दा राम्रो हुन्छ जस्तो विषयमा छलफल भएको थियो । सुजन परियार काे अध्यक्ष्ाता र अन्तिम फाउन्डेसन नेपाल काे अयाेजना तथा नेविकाे कम्पनी लि. काे प्रायाेजक र बुटवल -१२, नयाँगाउँ काे हाेटल टुकी मा नि:शुल्क शिक्षा अभियान काे समिति गठन तथा बृहत अभियान भेला सम्पन्न भएको छ । साेे कार्यक्रममा रुपन्देही ,कपिलवस्तु , अर्घाखाँची ,गुल्मी र नवलपरासी जिल्ला का युवाहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...