सुखिपुर नगरपालिकामा कुकर बम फेला

  • पुस ७, २०७७
  • ५२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कुकर बम फेला परेको छ । आज मंगलवार विहान कार्यालय खुलेपछि कार्यालय सरसफाई गर्ने बेलामा कार्यालय सहयोगीले गेट नजिक एउटा कालो ब्याग राखिएको देखेपछि सहयोगीहरुले ब्यागमा के छ हेर्न खोलेपछि कुकुर बम देखेर कार्यालय सहयोगीहरुले ब्यागलाई त्यहाँबाट तल ल्याएको राखिदिएको छ । बम फेला परेको सूचना पाउनसाथ ईलाका प्रहरी तथा सशस्त्र वेश क्याम्पस सुखीपुर ईन्चार्जहरु टोली लिएर घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली आउदैछन् जानकारीमा आएको छ । ३ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने माथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको अनुमान रहेको छ । को कति बेला कसरी बम कार्यालयमा राखेको घटनाबारे थप विबरण आउन बाँकी रहेको छ । बम फेला पछि कार्यालय शिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...