मुद्दाको चाङ नै रहेको राघोपुरका खगेश्वर गोहिबार सप्तरीको छिन्नमस्ता बाट पक्राउ

  • पुस १०, २०७७
  • २२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स १० पुष सिरहा ।चुनाव हारेको अबल मनस्थितिकै कारण एक वर्ष भित्रै समाजिक दण्डहीनता तथा समाजिक उपद्रवका गतिविधि गर्ने राघोपुर 3 का खगेश्वर गोहिवार माथी मुद्दाको चाङ नै लागेको खुलेको छ। अंगभंग देखी लिएर अभद्र व्यबहार ,ज्यान मार्ने उधोग र अपराधिक प्रवेश तथा अपराधिक उपद्रव जस्ता विभिन्न मुद्दा  बाट आरोपित रहेको सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ को खगेश्वर गोहिबार सप्तरीको छिन्नम्स्ता बाट पक्राउ परेको हो। पक्राउ परेको ३५ वर्षीय अभियुक्त गोहिबार राजनीतिक आड र संरक्षणमा नगर, टोल र आफू स्थित बस्तीहरुमा समाजिक हित बिपरितका क्रियाकलापहरु बाट नटाढिदै समाजमा विभिन्न किसिमको असन्तोषजनक कार्य गरेको मिर्चैया नगरपालिका वडा नं ३ का अध्यक्ष हरिनारायण यादवको आरोप रहेको छ। अध्यक्ष यादवले प्रदेश टाइम्स दैनिक सँग एक कार्यालयमा आफुले बोलेको झुठो नरहेको दावी गर्दै भने, विभिन्न मुद्दामा पक्राउ परेको अभियुक्त गोहिबार बिगत एक वर्ष देखि समाजिक व्यबहार र समाजिक वातावरणमा शान्ति अमन चयनको बाधक रहेको आरोप जाहेर गरे। उनले भने, केही दिन पहिला मात्रै मिर्चैया नगरपालिका वडा न ३ स्थित बिकास निर्माण कार्य अन्तर्गत निर्माण हुँदै गरेको बिदालयको अधार स्तम्भ तोडफोड गरेर जनश्रापित भएको गोहिबार आज कानुनी कार्यबाहिको लागि पक्रिएपछी गाउँमै उल्लास देखिएको छ। अध्यक्ष यादवका अनुसार अभियुक्त गोहिबार समाजिक वातावरण बिगार्ने र द्वन्द्वात्मक गतिविधि गर्ने गरेकोले कानुन बमोजिम कार्यवाहिको लागि पक्राउ गरि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...