संसद विघटन विरुद्ध सिरहाको विभिन्न ठाउँमा आन्दोलन गर्दै प्रधानमन्त्री र रास्ट्रपति भण्डारीको पुतला दहन

  • पुस १०, २०७७
  • ३९६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १० पुष , सिरहा।  देश राजनीतिक मुठ्भेड्मा जाकिएपछि प्रधानमन्त्री र रास्ट्रपतिको असबैधानिक कदम विरुद्ध जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समितिले घोषणा गरेको देशव्यापी कार्यक्रम अनुसार सिरहाको FB_IMG_1608921103084 गोलबजार नरहा सुखिपुर मिर्चैया लहान सिरहा लगायत विभिन्न ठाउँमा आन्दोलन गर्दै प्रधानमन्त्री र रास्ट्रपतिकि पुतला दहन गरिएको छ।आन्दोलनमा नाराबाजी गर्दै  रास्ट्रपति विधादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको हो । संसद विघटनको निर्णय अनैतिक र असंवैधानिक भएको भन्दै सुखीपुर रामजानकी चौकमा बिरोध प्रर्दशनमा जुटेका सिरहा सुखिपुर ४ का युवा नेता सरोज कुमार यादवले असबैधानिक कदम चालिएको सरकारलाई घुटना न टेकाई आन्दोलनलाई विश्राम नदिने बताए ।FB_IMG_1608921147511 सरकारको अलोकतान्त्रिक निर्णय विरुद्धको आन्दोलन कार्यक्रममा  जसपाका प्रदेश सभा सदस्य सुनिता देवी मोची , विन्देश्वर पजियार रामरिझन यादव , जगदीश महतो लगायतका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो भन्ने  । आयोजित कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले रास्ट्रपति र प्रधानमन्त्री प्रति आक्रोश पोख्दै उनिहरुको चर्को आलोचना गरेका थिए । जनताको विश्ववासमाथी घात गरेर लामो संघर्सपछी प्राप्त गरेको उपलब्धिलाई खाल्डिमा पुरिने  कार्य  अनैतिक र लोकतन्त्रको विरुद्ध रहेको अवाज प्रष्टिएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...