पत्रकार महासँघ सिरहाको ११ औं सधारण सभा सफलताका साथ सम्पन्न

  • पुस १२, २०७७
  • ६३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

राम पुकार यादव ११ पुष, सिरहा । समय परिस्थीती र समसामायीक वातावरण अनुकुल सिरहाको लहान स्थीत एतिहासिक पर्यटकिय स्थल फुलबारी मेलामा आयोजना गरिएको पत्रकार महासँघ सिरहाको ११ औं सधारण सभा सफलताका साथ सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासँघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षता र केन्द्रिय सदस्य देव कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भईएको महा सघँको सधारण सभामा बहुसँख्यक सदस्यहरुको उपस्थिती रहेको थियो ।सिरहा जिल्ला भरिकै पत्रकारहरुको उपस्थिती रहेको सो सधारण सभामा बिभिन्न मिडिया तथा पत्रकार महासंघको पदाधिकारिहरुले मन्तवय राखेका थिए ।sdsf

मन्तवयको क्रममा नेपाल पत्रकार महासँघको केन्द्रिय सदस्य देव कुमार यादवले हामि लोकतन्त्रको पहेरदार हौं,लोकतन्त्रको गहना हौं। बर्तमान सरकारले गरेको असबैधानिक कु बाट सबिधान र सबैधानिक मुल्यमान्यता र त्यसको मर्मलाई बचाई राख्न पत्रकारिता बाहेक अनाबश्यक कुनै पार्टि बिशेष र नेता ब्यक्ति बिशेषको कारिता ओलिकारिता,दहालकारिता देउवाकारिता र यादव कारितामा नलाग्न पत्रकारिताको मर्म रहेको धारणा प्रष्टयाउँदै उहाँले पत्रकारको भुमिका र प्रत्यक्ष प्रणालिको माध्यम बाट अब हुने सँघको चुनाबको पद्धति र प्रक्रिया बारेमा बताउनुभयो । उहाँले, लोकतन्त्रको अभ्यासमा पत्रकार महा साघको पहिलो पल्ट जिल्ला शाखा,प्रदेश समिति र केन्द्र समिति सबैको निर्वाचन प्रत्यक्ष पद्धति बाट तिन वटा मतपेटिका राखि एकै दिन हुने प्राबधानको बारेमा सुचित गराउनुभयो ।

त्यसतै पत्रकार महा सँघको पुर्व केन्द्रिय सदस्य तथा रेडियो सल्हेश एफ.एम. को संचालक चन्द्रदेव कामतिले पत्रकारिताको एतिहासिक पृष्ठभुमिको बारेमा औंल्याउदै सिरहामा पत्रकारिताको थालनि र पत्रकारहरुको सुरक्षाको बारेमा बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा महा सँघ सिरहा शाखाको सभापति तथा सभाध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले सिरहा जिल्लाको करिब सात वटा स्थानिय तहहरुमा महासँघको उपशाखाको लागि जग्गा उपल्बध भईसकेको र अझै धेरै ठाउँमा प्रकृयामा रहेको उदघोष गर्दै जिल्लाको हरेक स्थानिय तहहरुमा मिडिया संस्थागत हुनुपर्ने जोडदार माँग गर्नुभयो ।सभापति गुप्ताले भने महासँघको भवनको लागि लहान नगरपालिकामा पनि नगरपालिकाले जग्गा उपलब्ध गराइदिने कुरोको छिनो लागिरहदा त्यस तह स्थित गलत केहि पत्रकार तत्वले यसलाई ओझेलमा पारेको देखियो।त्यसता तत्वलाई महासँघले तह लगाउने भन्दै उहाँले महाँसघ संस्थागत नहुन्जेल पत्रकार र पत्रकारिताको बिकास नहुने बताउनुभयो ।dddd

                                                सामग्रि बितरण तथा पत्रकार सम्मान कार्यक्रम
पत्रकार महा सँघको आयोजित ११ आंै सधारण सभामा समाजिक रुपान्तरणको क्षेत्रमा कुरिति,बिसँगति बिरुद्ध योगदान पुरयाउने पत्रकार रोहित मण्डललाई नगद राशि मुल्य रु २१०० सहितको पुरस्कार तथा प्रमाण पत्र प्रदाण गरियो । त्यसतै उमेश कायस्थ निर्भिक पुरस्कार पत्रकार मनोज बनैता यादवलाई प्रदाण गरिएको थियो ।chaan कार्यक्रममा पत्रकारहरुलाई स्वास्थय सामग्रि मास्क र सेनिटाइजर बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...