पाकिस्तानमा हिन्दुमाथी फेरि अर्को प्रहार

  • पुस १६, २०७७
  • १८७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष महत्वको समाधिस्थललाई ध्वस्त गरिएको हो। काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले समाधिस्थलसंगै थप संरचना बनाउन लागेको भन्दै स्थानीय अतिवादीहरूले सो समाधिस्थल नै ध्व्स्त पारेको जिल्ला प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बताए। त्यहाँ हिन्दुहरुको जनसंख्या अत्यन्तै कम रहेको बुझिएको छ। प्रहरीका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर समाधीस्थल भत्काउन स्थानीयलाई उचालेका थिए ।

श्री परम हंसजी महाराजको सो समाधिस्थललाई लिएर त्यस क्षेत्रमा पटकपटक विवाद सृजना हुँदै आएको छ। एक स्थानीय हिन्दु नेताका अनुसार कट्टरपन्थीहरूले धेरै अघि देखि नै यस समाधिस्थललाई भत्काउने खोजिरहेका थिए ।

सन् १९९७ मै सो समाधिस्थलमा केही हिस्सा स्थानीय अतिवादीहरूले भत्काएका थिए तर पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको राज्य सरकारले त्यसको पुनर्निर्माण गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...