प्रदेश २ सरकारले लैंगिक हिंसा न्यूनीकरणका लागि छुट्टै कानुन बनाउने

  • पुस १६, २०७७
  • १९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मेवालाल यादव। रौतहट । पौष १६ गते प्रदेश २ सरकारले लैंगिक हिंसा न्यूनीकरण तथा पीडितको सहायताका लागि छुट्टै कानुन बनाउने भएको छ । महिला हिंसा लगायत लैंगिक हिंसामा परेका सबैलाई फरक लिंगको आधारमा हुने विभेद न्यूनीकरण तथा समस्यामा परेको अवस्थामा सहयोग गर्न कानुनी व्यवस्था र संयन्त्र अपरिहार्य देखिएको प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले बताइन । लैंगिक हिंसा न्युनीकरण एवं पीडितको सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक छलफल अन्तरवार्तामा बोल्दै आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले तत्काल प्रदेश २ को कानुन मन्त्रालय मार्फत कानुन बनाउने प्रक्रिया शुरु गर्ने आश्वासन दिए । ‘लैंगिक हिंसामा परेका पीडितहरुले न्यायका लागि लड्नुपर्दा विस्थापनको अवस्था आउँछ । त्यस अवस्थामा परिवारको साथ सहयोग नमिल्न सक्छ,’ उनले भने, ‘पीडितलाई न्याय दिलाउन र विस्थापनको अवस्थामा साथ दिन एउटा संयन्त्र बनाउनुपर्छ, आवश्यक पर्दा खर्च गर्न कोष हुनुपर्छ । ऐन, कानुन, निर्देशिका बनाएर संयन्त्र र स्थायी कोष नै खडा गर्छौं उहाले भने । हाम्रो समाजमा भएको सामाजिक संरचनाले नै महिला बढी हिंसामा पर्ने गरेको भए पनि वैदेशिक रोजगारीका कारण पुरुष र तेस्रो लिंगीहरुले पनि विभिन्न दुर्व्यवहार भोग्नुपरेको राज्यमन्त्री यादवको भनाइ रहेको छ । समाजमा विद्यमान लैंगिक हिंसालाई नियन्त्रण गर्न सबैभन्दा पहिले शिक्षामा जोड दिनुपर्ने यादवकि भनाइ रहेका छन। ‘समाजमा रहेका लैंगिक हिंसालाई नियन्त्रण गर्नु छ, त्यसका लागि शिक्षामा जोड दिनुपर्छ, शिक्षामा जोड नदिइकन समाजमा परिवर्तन संभव छैन,’ आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले भने त्यसैले प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरेको हो । कतिपयले बेटी रहेगी तब न पढेगी भनेर प्रश्न पनि गर्छन् । तर नपढेकी छोरीभन्दा पढेको छोरीले धेरै कुरा बुझ्न सक्छिन्, अरुसँग लडेर एक्लै आत्मनिर्भर भएर बाँच्छिन् । उहाँले भने । आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले सामाजिक सोचका कारण लैैंगिक हिंसा हुने गरेको बताउँदै चेतनामुलक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘२० वर्षको छोरीलाई कतै पठाउन पर्दा हामी ५ वर्षको छोरा साथमा पठाउँछौं । समाजमा बाल विवाह र दाइजोको समस्या छ उषा यादवले भने, ‘शिक्षाको कमीका कारण पनि विभिन्न लैंगिक हिंसाका घटना भएको सुनिन्छ । वडा स्तरबाटै जनचेतनामुलक कार्यक्रम हुनुपर्छ । प्रदेश -२ कोआर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले प्रभाव र दवावका कारण लैंगिक हिंसामा परेका कमै पीडितले मात्रै न्याय पाउने गरेको बताए । ‘पीडकलाई कारबाही र पीडितलाई आत्मसम्मान दिएपछि मात्रै न्याय प्राप्ती हुन्छ । तर हामीकहाँ अनुसन्धान र कारबाही गर्ने निकायमा प्रभाव र दवाव दिइन्छ । त्यसले गर्दा पीडितले जुन किसिमको न्याय पाउनुपर्ने हो त्यसबाट बञ्चित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...