कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

  • पुस १७, २०७७
  • २२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका घरमा मापदण्ड अनुसारको इट प्रयोग भएको छैन । वार्ड नं ६ को भिल्मी गाँउमा ७ वटा घर र कर्मा गाउँमा २ वटा गरी कुल ९ वटा घर निर्माण भईरहेको छ। घर निर्माण कार्य नै नियम बिपरीत भईरहेको छ। नियम अनुसार घर निर्माण हुन लागेको ९ जना को उपभोक्ता समितिले उक्त निर्माण कार्य गर्ने भए पनि वार्ड नं ६ मा यस्तो छैन। त्यहाँ बिचौलियले फाइदा उठाई रहेका छन। बिचौलियले घर निर्माणमा स्टीमेट बिपरीत कार्य गरेको देखिएको छ। स्टीमेटमा एक नंबर ईटा रहे पनि बिचोलियले तेस्रो नंबरको कम्सल ईट प्रयोग गर्दै आएको छ। एक जना ( घर निर्माण हुने ब्याक्ती )अनुसार इँटा खासलदा हामीले तेस्रो नम्बर को इटा अस्वीकार गरेका थियौ । । इटा ठीक छैन भन्दा पनि राजकुमारले भन्छन की जगमा ( बुनियाद ) यहीँब इटाबाट रहनेछ । पर्खालमा एक नंबर इट प्रयोग गर्दछौ। उनले भने हामीलाई स्टीमेटमा के के रहेको छ भने कुरा पनि थाहा छैन । त्यही भएर चुप लागेर बसेका छौं । हामीले सोचे कि आवाज उठाए पछि कहिँ निर्माण कार्य रोक्ने त होईन ? भने हाम्रो परिवार सहित खुला आकाशमुनि बस्न बाध्य हुने छन। त्यही भएर बिरोध गरेनौं । शहरी बिकास तथा भवन कार्यलय अनुसार एक घर बराबर ३ लाख ३६ हजार रहेको छ र १० प्रतिसत श्रमदान पनि रहेको छ। निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग भए पछि ति निमुखा गरीब निराश भएका छन। घर कति बर्ष सम्म टिकला बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...