मपदण्ड बिपरित सिरहामा गिट्र,ढुङ्गा र बालुवाको उत्खनन

  • पुस १८, २०७७
  • ४७८ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव÷१८ पुष,सिरहा ।सिरहाको राष्ट्रपति चुरे वनक्षेत्र बाट मापदण्ड विपरित गिट्र,ढुङ्गा र बालुवाको उत्खनन तिब्र रुपमा भैरहेको छ । सिरहाको धनगढिमाइ नगरपालिका वडा न.१३ कैलाशपुर भर्लैनिमा मापदण्ड बिपरित खानिजन्य पदार्थ गिट ढुङ्गा र बालुवा उत्खनन  गरि बिक्री बितरन भैइरहेको छ। अनाधिकृत बिक्रि बितरणले त्यहाँको भुमिको उर्वर शक्ति छिन्न हुने मात्रै नभई प्राकृतिक स्रोत साधनको दोहन भैरहेको स्थानिय यूवा नेता जयराम यादवले प्रदेश टाइम्स दैनिकलाई बताए । युवा नेता यादवले भने यहाँ त चालिसौं फिट गहिरो खाल्डो खनि गिट्र,ढुङ्गा र बालुवा उत्खनन भैरहेको जनाएको छ। उहाँले सरोकारबलाहरु प््रति प्रशनबाचक चिन्ह उठाउँदै भने मापदण्ड बिपरित भैरहेको उत्खनन तत्कालै बन्द गर्न गराउन  माँग गरेको छ।उद्दोगि र सरोकारबला निकायको चासो भएन भने आन्दोन गर्न पछि नहटने बताए ।उनले भने,राजेन्द्र यादव र सुभास चन्द्र मारवाडिले गिट्रि ढुङ्गा र बालुवाको प्रशोधनको लागि त्यस ठाउँ स्थित निर्माण गर्न लागेको क्ररेसर पनि बन्द हुनुपर्ने मागँ सँग असहमत नरहेको बताए । उता सिरहा जिल्ला समन्वय समितिको सभापति राम चन्द्र ठाकुरले बिगतको जस्तो अधिकार जिल्ला समन्वय समितिमा नरहेको भन्दै हाल अधिकारको नाममा हामिलाई अनुगमणको पाटो मात्र दिएको बताए ।सभापति ठाकुरले थप्दै भने,सिरहामा नबिकरण नभएको क्ररेसरहरु बढि रहेकोले यसता किसिमको क्ररेसरहरु बन्द गर्ने बताए ।उहाँले अनाशश्यक खानिजन्य पदार्थको उत्खनन र प्राकृतिक दोहन खानिजन्य पदार्थ रहेको स्थानिय तहहरुको लापारबाहिले भैरहेको जनाए ।त्यसतै हाल नयाँ जारि गरिएको गिटटी ढुङ्गा र बालुवा उत्खनन बिक्री तथा ब्यबस्थापन मापदण्ड २०७७ बिपरित रहेको उत्खनन कार्य र क्ररेसर उद्दोगहरुलाई चाँडै अनुगमन गरि ब्यबस्थित पार्ने सिरहा जिल्ला प्रमुख अधिकारि प्रदिप राज कणेलले बताए ।प्रजिअ कणेलले हाल उत्खनन बाट संकलन आयस्रोत बाट ६० प्रतिशत प्रदेशले र ४० प्रतिशत स्थानिय तहले लिने ब्यबस्था रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...