शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक

  • पुस १९, २०७७
  • २२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

१९पुस / काठमाडौं। शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित पौष १७ गते कथा एक्सप्रेस युटुव च्यानलबाट सार्वजनिक भएको छ । नेपालका ५५ जिल्लाका ६० जातजातिका झण्डै २०० जना बाल कलाकारले अभिनय गरेको यस म्युजिक भिडियोले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगाएत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गितमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरेको छ । यस गितका रचनाकार, गाएक तथा संगितकार रतन देवकोटा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् । शिक्षामा अब परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको गितकार देवकोटाले बताएका छन् । प्रश्न र आलोचन मात्रै गितमा समेटिएको छैन । गितको अन्तिम हरफमा गरिखाने अथार्थ वैकल्पिक शिक्षाको आवश्यकता औंलाएका छन् । जीवन उपयोगि शिक्षा प्रदान गर्ने विद्यालयको स्थापना गर्न सुझाएका छन् । गितको उत्पादन कथा एक्सप्रेस मिडियाले गरेको छ । केपि देवकोटाको निर्देशनमा र्निमित यस म्युजिक भिडीयोमा विद्यार्थी तथा शिक्षक लगाएतको भुमिकाको अभिनय गर्ने कलाकारहरु खोटाङको डाँडागाउँमा अवस्थित शुभम् फाउण्डेशनका शिक्षक तथा विद्यार्थीहरुले गरेका छन् । गुणस्तरिय तथा वैकल्पिक शिक्षाको आवाज उठाउने शैक्षिक अभियान्ता रतन देवकोटाका थप गितहरु बजारमा आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...