जि ट्वान्टी फाइभ क्लब रुपन्देहीद्धारा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न

  • पुस २१, २०७७
  • २६७ पटक पढिएको
  • Pradesh Times
alt

उर्मिला यादव पुस २१ जि ट्वान्टी फाइभ क्लब रुपन्देहीले पाचौ रक्तदान कार्यक्रम अन्तर्गत आज मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै गरीएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । जि ट्वान्टी फाइभ क्लब रुपन्देहीका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षता तथा नियमित रक्तदाता समुह रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको प्रमुख आथित्यतामा भएको रक्तदान कार्यक्रममा रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै मानवीय कार्यमा अघि बढेको सस्थाले गरेको सेवाले धेरैको जिवन बाचेकोले यस्तो सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरिएको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष रमेश जोशीले रगतको माग उच्च भएपनि आपुर्तिमा असहज नहोस भन्ने उदेश्यले यस क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनु भयो । दिपक घिमिरेको संयोजकत्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कुस्तीको अखाडादेखि स ...

सिरहा ।  गाउँको माटोसँग जोडिएको सम्बन्ध, समाजसँगको निरन्तर सामीप्यता र जनजीवनका गतिविधिमा देखिन ...

रंगीला देवी जयसवालको ...

 नेपाली कांग्रेसका सभापति गगन कुनार थापा आइतबार बिहान आफ्नै निर्वाचन क्षेत्र सर्लाही ४ पुगेर स् ...

कांग्रेस परित्याग गर ...

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवा नेता अरुण यादव नेपाली कांग्रेस परित्याग गरी राष्ट्र ...